लिखु तामाकोसी गाउँपालिकालाई तेश्रो सुनापति गाउँपालिका अध्यक्षको उपाधि

रामेछाप । सुनापति गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेका जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको “तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८” लिखु तामाकोसी गाउँपालिकाले हात पारेको छ ।  चैत्र ५ गतेदेखि ८ गतेसम्म भएको प्रतियोगितामा २ नगरपालिका सहित  ६  गाउँपालिका गरि ८ टिम सहभागी थिए । त्यसमध्ये  ७ टिमलाई पछि पार्दै लिखु तामाकोसी गाउँपालिकाले २ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारेको हो ।

 

मंगलबार सम्पन्न सुनापति गाउँपालिकाको खेल मैदान हिलेदेविमा भएको फाइनल खेलमा गोकुलगंगा गाउँपालिकालाई  पराजित गर्दै लिखु तामाकोसी गाउँपालिकाले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक रूपमा सम्पन्न खेलमा गोकुलगंगा गाउँपालिकालाई हराउँदै लिखु तामाकोसी गाउँपालिका विजेता बनेको हो । यसैगरी, गोकुलगंगा गाउँपालिकाले दोस्रो पुरस्कार १ लाख रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । तृतीय पुरस्कार रामेछाप नगरपालिकाले हात पारेको छ । रामेछाप नगरपालिकाले ५० हजार रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाणपत्र हात पारेका छन् भने, खाँडादेवि गाउँपालिका सान्तोना भएको छ ।

सात्वना हुने खाँडादेवी गाउँपालिकाले २५ हजार नगद साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्पाइकरण, उत्कृष्ट प्रशिक्षक लगायतलाई पनि नगद तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै ब्याडमिन्टनमा महिलातर्फ दोरम्बा शैलुङ्ग गाउँपालिका प्रथम, मन्थली नगरपालिका द्धितीय र सुनापति गाउँपालिका तृतीय भएको छ । पुरुषतर्फ खाँडादेवि गाउँपालिका प्रथम, रामेछाप नगरपालिका द्धितीय र सुनापति गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ । ब्याडमिन्टन पुरुषतर्फ खाँडादेवी गाउँपालिकाका तेजबहादुर खत्री र अनिल तामाङ तथा महिला तर्फ दोरम्बा शैलुङ्ग गाउँपालिकाको संगीता तामाङ र शोमा गुरुङले उपाधी हात पारेका छन् । ब्याडमिन्टन प्रतियोगिताका विजेताले नगद १५÷१५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

महिला तर्फ मन्थली नगरपालिकाका युना श्रेष्ठ र बबिता बिक तथा पुरुषतर्फ रामेछाप नगरपालिकाका बलराम लामा र सुदिप श्रेष्ठ द्वितीय भएका छन् । द्वितीय हुनेले १०÷१० हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तृतीय हुने महिलातर्फ सुनापती गाउँपालिकाका उर्मिला दाहाल र लक्ष्मी थापामगर तथा पुरुषतर्फ सुनापती गाउँपालिकाका विशाल लामा र बिरेन्द्र ग्यापकले ५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेतालाई बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रि रत्न ढकालले पुरस्कार वितरण गरिएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज