किशोर कुमार गुरुङ, स्याङजा । नेपाली कथानक चलचित्र ‘टुहुरी’मा दुई नायिकाले डेब्यू गरेकी छिन् । स्याङजाको ज्यामिरेमा छायांकन भैईरहेको नेपाली चलचित्र ‘टुहुरी’मा दुई नायिकाले डेब्यू गरेकी हुन् ।
नेपाली कलाकारिता क्षेत्रमा अनुभवी र लामो समयदेखि म्युजिक भिडियोमा मोडलिङ गरेकी नायिका रिना गुरुङ र इशा गुरुङले चलचित्र ‘टुहुरी’मा डेब्यू गरेकी हुन् । उनीहरुले लामो समयदेखि म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी थिइन् ।
चलचित्रमा डेब्यू गरेकी नायिका रिना गुरुङले यसअघि नेपाली कलाकारिता क्षेत्रका म्युजिक भिडियोमा मोडलिङ गरेकी छनभने अर्का नायिका इशा गुरुङले सन् २०२२ को मिस तमुस्योको उपाधि जितेकी थिइन् । इशाले म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी छन् ।
चलचित्र क्षेत्रका बरिष्ठ द्धन्द निर्देशक एवं नेपाली चलचित्रको हस्ती जनक गुरुङद्धारा निर्देशन गर्नुभएको ‘टुहुरी’मा चलचित्रकर्मी एवं अभिनेता रविन गुरुङले सहनिर्देशन गर्नुभएको छ । चलचित्रको कथाकारमा सुस्मी गुरुङ(मञ्जु) र पटकथा तथा संवादमा निर्देशक जनक गुरुङ आफैले गर्नुभएको छ ।
चलचित्रको निर्मता रसमाया गुरुङ, खडग बहादुर गुरुङ, रुक आलेमगर, नेत्र तिमल्सिना, देव गुरुङ, चीज गुरुङ, मीन बहादुर गुरुङ र मनि कुमार गुरुङ रहेको छ । चलचित्रमा रविन गुरुङ, रिना गुरुङ, काशी गुरुङ, कुमार सामरी घले, आनन्द गुरुङ, राजु किराँत, मौसम कुमार गुरुङ, मनोज गुरुङ, कमला राई (करुणा), प्रतिमा माया गुरुङ, सविन गुरुङ, इशा गुरुङ, रश्मी गुरुङ र सुवास गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
स्थानीय गुरुङ संस्कार र संस्कृति समेटीएको चलचित्रमा संगीत आँसु लामाले गर्नुभएको छभने गीतमा पवित्र गुरुङ, आँसु लामा र सुमिना लामाको स्वर रहेको छ । चलचित्र छायांकन खेम थापा मगरले गर्नुभएको छ । उक्त चलचित्रको मेकअप आर्टिस रुपा गुरुङ रहेकी छन् ।
नवज्योति भिजन नेपाल प्रा.लि.को चौंथो प्रस्तुति चलचित्र ‘टुहुरी’ असोज २ गते ज्यामिरे स्थित वाल कन्यादेवि मन्दिरमा शुभमुहूर्त गरी छायांकन सुरु गरेको थियो । चलचित्रको करिब ७० प्रतिशत छायांकनको काम सकिएको निर्देशक जनक गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी, चलचित्रको छायांकन ज्यामिरेमा शुभारम्भ गरी काहुलेका केहि दृश्य थपिने र मड्किनामा समापन गरिने निर्मता कम्पनीका प्रबन्ध निर्देशक एवं चलचित्र ‘टुहुरी’का सहनिर्देशक रविन गुरुङले बताउनुभयो । चलचित्र करिब १५ देखि २० दिनभित्र छायांकनको काम सकिने सहनिर्देशक गुरुङले जानकारी दिनुभयो ।