दोलखा । गौरीशंकरमा हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवार चयन गरेको छ । माओवादी केन्द्रको विहीबार बसेको पालिकास्तरीय बैठकले उपाध्यक्षमा निम्लेकी शेर्पालाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो ।
नेकपा माओवादी केन्द्र दोलखाको जिल्ला कमिटी सदस्य समेत रहेकी शेर्पालाई पार्टीबाट सर्वसम्मत उम्मेदवार बनाएको पालिका कमिटीका अध्यक्ष युग बहादुर बस्नेतले जानकारी दिए । निर्वाचन आयोगले पुरुष अध्यक्ष भएका स्थानीय तहमा उपाध्यक्षका लागि महिला उम्मेदवार उठाउनुपर्ने नियामावली बनाए बमोजिम माओवादी केन्द्रले पार्टीबाट महिलाकै नाम टुंगो लगाईएको अध्यक्ष बस्नेतले बताए ।
उपनिर्वाचनका लागि उम्मेदवार भएकी शेर्पा गौरीशंकर गाउँपालिका–७ मार्बुकी स्थानीय हुन् । गौरीशंकर पार्टी कमिटीका कोषाध्यक्ष रहेकी उनी स्वास्थ्य स्वयंसेविका हुन । बैठकले नवराज खड्काको नेतृत्वमा १०१ जनाको निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।
त्यसैगरी, गौरीशंकरमा उपाध्यक्ष श्याम सुन्दर तामाङको निधन भएपछि रिक्त पदका लागि आगमी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।