काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी सभा आयोजना गरेको छ । सरकारको एकसय दिन पूरा भए लगत्तै माओवादी केन्द्रले खबरदारी कार्यक्रम आयोजना गरेको हो ।
माओवादी केन्द्रले सरकार बिरुद्ध आयोजित खबरदारी आमसभा हुनुअघि खबरदारी जुलुस निकालेको थियो । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा सुरु भएको जुलुस सुन्धाराबाट सुरु भएको थियोे ।
जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह अगाडि खबरदारीसभामा परिणत भएको थियो । खबरदारी सभालाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
फोटो फिचर