काठमाडौं । आज नेपाल संवत ११४५ नयाँ वर्षको मनाउँदै छ । नेवार समुदायले स्वागतका लागि बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरनसहित र्याली निकालेका छन् ।
नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्बत सुरुवात गरेका थिए । नेपाल संम्वतको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगाय मुख्य दलहरूको शिर्ष नेताहरूले शुभकामना दिएका छन् ।