एमालेले उपनिर्वाचन लक्षित काठमाडौंमा बृहत भेला गर्दै

काठमाडौं । गौरीशंकर गाउँपालिकामा हुनगइरहेको उप–निर्वाचनका अभियान स्वरुप काठमाडौंमा आगामी मंसिर १ गते बृहत भेला हुने भएको छ । नेकपा एमाले गौरीशंकर पालिका सम्पर्क मञ्चको बैठकले काठमाडौंमा रहेका गौरीशंकरका स्थायी मतदाता र उम्मेदवार बीच परिचय र भेटघाट गर्ने उद्धेश्यले बृहत भेला गर्न लागेको हो ।

पालिका सम्पर्क मञ्चको सोमबार बसेको बैठकमा पूर्वमन्त्री एवं दोलखाका पार्टी इन्चार्ज पार्वत गुरूङले उपनिर्वाचनको अभियान सम्बन्धमा निर्देशन दिनुहुदै मंसिर १ गते उम्मेदवार र मतदाता बीच भेटघाट र परिचयात्मक कार्यक्रम गर्न लागेको बताउनु भयो । पूर्वमन्त्री गुरुङले गौरीशंकरको उपनिर्वाचनमा सबै नेता तथा कार्यकर्ताहरु लाग्न निर्देशन दिनुहुदै नेतृत्वलाई जिम्मेवारी समेत प्रदान गर्नुभयो ।

पूर्वमन्त्री गुरुङले गौरीशंकरको उपनिर्वाचनमा एमालेको जित सहजै हुने र जुनसुकै आपतकालिन हुरी वतास आएपनि नछेकिने बताउनुभयो । बैठकमा गौरीशंकरका पार्टी कार्यकर्ता तथा नेतृत्वहरुलाई प्रशिक्षण दिनुहदै उपनिर्वाचनमा सबै तह र तप्काबाट केन्द्रित हुन समेत जिल्ला, प्रदेश र संघको नेतृत्वलाई आह्वान गर्नुभयो ।

उक्त बैठकले तोकेको जिम्मेवारीहरुमा मतदाताको बास्तविक तथ्याङ्ग संकलन गरिने, काठमाडौंबाट गौरीशंकरसम्म मतदातालाई यातायातको व्यवस्था गर्ने, पालिकाको वडा नम्बर १ देखि ९ सम्मको टिम लिडरको जिम्मेवारी लगायत विविध विषयमा छलफल गरिएको थियो ।

उपनिर्वाचन प्रचारप्रसारको लागि सदरमुकाम चरिकोट र काठमाडौंमा मिडिया डेक्स स्थापना गर्ने पनि निर्णय गरेको छ । मिडिया डेक्सको लागि फिल्डबाट प्रत्यक्ष रिर्पोट संकलन गरी सामाजिक सञ्जाल तथा मिडियाहरुमा प्रचारप्रसार गरिनेछ ।

उपनिर्वाचनको लागि नेकपा एमालेबाट उपाध्यक्ष पदको उम्मेदवार सिफारिस भएपछि उमा शेर्पाले कात्तिक २१ गतेबाटै घरदैलो अभियान सुरु गरेकी छन् । शेर्पाले आफ्नै वडा गौरीशंकर गाउँपालिका–७ मार्वुबाट घर दैलो अभियान सुरु गरेकी हुुन् । मार्वुबाट सुरु गरिएको घरदैलो अभियान चंखु, सुरी, झ्याँकु र जुँगु हुदै वडा नं ८ खारे पुगेको छ । चुनावी घरदैलो मतदाता भेटघाट अभियान २८ गते सिमीगाँउ हुदै २९ गते टासिनाम पुगेर पहिलो चरणको अभियान समापन हुने अभियानका संयोजक स्वयम बहादुर खड्काले बताउनु भयो ।

गौरीशंकर गाँउपालिकाको तत्कालिन उपाध्यक्ष श्यामसुन्दर तामाङको २०८० असार ३१ गते ह्रदयघात भई उपचारको क्रममा निधन भएपछि रिक्त पदको लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा भाग लिनका लागि जिल्लाका राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गरी प्रचारप्रसार अभियान समेत सुरु गरिसकेको छ ।

त्यसैगरी, निर्वाचन आयोगको तालिका अनुसार गौरीशंकरमा उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवार मनोनयन दर्ता हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज