भिमं:देव:नेवा: समाज तथा बेथानचोक नेवा:देय् दबुले संयुक्त रुपमा भिमसेन जात्रा मनाउने भएकाे छ ।
मंसिर ३० गते पर्ने योमरी (धांन्य) पूर्णिमाकाे अवसरमा बेथानचोक गाउँपालिकामा रहेका नेवार समुदायहरुको कला, सँस्कृति, भेषभुषा, भाषा तथा साहित्य आदिको संरक्षण र संम्वर्द्धनमा क्रियाशील भिमं:देव:नेवा: समाज तथा बेथानचोक नेवा:देय् दबुले संयुक्त रुपमा भिमसेन जात्रा मनाउने भएका हुन ।
उक्त जात्रामा लाखे नाच ,धिमेबाचा ,नेवारी समुदायकाे संस्कृति झल्काउने झाकि नाच प्रर्दशन गरि भिमसेनकाे रथलाई बजार परिक्रमा गराउने कार्यक्रम रहेकाे बेथानचाेक भिमसेन जात्रा मुलसमाराेह समितिले जानकारी दिएकाे छ ।