बझाङ। बझाङ्मा भीरबाट खसेकाे ढुंगा लागेर एकजना महिलाकाे मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार बझाङ्काे थलारा गाउँपालिका वडा नम्बर-९ आमबगरकी अन्दाजी ४१ बर्षिया पञ्चमाला जाेशीकाे ढुंगा लागेर मृत्यु भएकाे हाे । सडकमा हिडिरहेकाे वेला भीरबाट खसेकाे ढुंगा लागेर घटना स्थलमै उहाँकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बङ्ले जनाएकाे छ ।