कैलाली । कैलालीको अत्तरियाबाट लागू औषध सहित एक कपडा व्यवसायी पक्राउ परेका छन् । गोदावरी नगरपालिका – १ अत्तरियामा कपडा पसल गरी बस्दै आएका ३० वर्षीय अवतार हुसेन पक्राउ परेका हुन ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका – १४ घर भएका हुसेन बिहीबार धनगढी उपमहानगरपालिका – २ बाट पक्राउ परेका हुन । हुसेनले चलाएको से ७ प १५५ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ६७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनलाई लागू औषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।