थारू बस्तीमा बढ्यो माघीको रौनक

थारु कलाकार समु चौधरी यतिबेला दुना/टपरी बनाउनेदेखि घरको लिपपोत गर्ने काममा व्यस्त छिन् ।

कञ्चनपुर । थारु कलाकार समु चौधरी यतिबेला दुना/टपरी बनाउनेदेखि घरको लिपपोत गर्ने काममा व्यस्त छिन् । थारु समुदायको प्रमुख चाड नजिकिँदै छ । त्यही भएर उनको व्यस्तता पनि बढेको हो । भीमदत्त नगरपालिका–१ राजीपुरमा बस्ने उनले जंगलबाट सालका पात ल्याउने, घरको लिपपोत गर्ने, अनदीको झोल (जाँड) बनाउने काम गरिसकेकी छिन् । कुटानी पिसानीको काम पनि गरिसकेकी छिन् । अहिले तराईमा शीतलहर चलिरहेको छ । घरबाहिर निस्कन नसकिने अवस्था छ । तर पनि थारु समुदायका महिला र पुरुषहरू यतिबेला धुमधामका साथ माघीको तयारीमा लागेका छन् । घरमै बसेर दुना–टपरी बनाउने, अनदीको झोल बनाउनेलगायतका विभिन्न काम भइरहेका छन् ।

‘घर लिपपोत र जार (जाँड) बनाउने काम सकिएको छ, कुटानी पिसानी पनि भइसकेको छ,’ समुले भनिन्, ‘जंगलबाट सालका पात पनि ल्याइसकेका छौं, अहिले दुना–टपरी बनाइरहेका छौं ।’ उनका अनुसार माघी सुरु हुनुभन्दा एक महिना पहिलेदेखि अनदीको झोल बनाउने, एक हप्ताअघि जंगलबाट पात ल्याएर दुना–टपरी बनाउने काम हुन्छ । यही बीचमा कुटानी पिसानीदेखि बंगुरको व्यवस्थापन गर्ने लगायतका कामहरू हुन्छन् ।

थारु समुदायका लागि माघी महत्त्वपूर्ण चाड हो । यसलाई नयाँ वर्षका रूपमा पनि मनाइन्छ । यही बेला कामका लागि बाहिर गएकाहरू पनि घर फर्किन्छन् । यति मात्रै होइन, भाइहरू छुट्टिनेदेख बडघरहरू छान्ने र घरमा वर्षभरिको योजना बनाउने लगायतका कामहरू पनि अहिले नै हुन्छन् । ‘माघीको दिन खानपिन र नाचगान गरेर रमाइलो गर्छौं,’ भीमदत्त नगरपालिका–१ राजीपुरका हरिराम डगौराले भने, ‘त्यसपछि बडघर छान्नेदेख वर्षभरिका योजना बनाउने काम हुन्छ ।’ माघीका लागि बंगुरलगायतको मासु खोज्ने काम अहिलेदेखि सुरु भइसकेको छ । माघीको अघिल्लो दिन नै बंगुर काटेर भाग लगाइन्छ । त्यही अनुसार सबैले पैसा तिर्छन् । यसबाहेक स्थानीय जातका कुखुरा, माछालगायतको खोजी पनि गरिन्छ ।

माघीकै बेला भाइहरू छुट्टिने, बडघर छान्ने लगायतका काम हुन्छन् । विगतमा कमैया बस्दाखेरी यही बेला घर छाड्ने र नयाँ घर खोज्ने काम हुन्थ्यो । यसलाई खोजनी भोजनी भनिन्छ । कमैया मुक्तिपछि यो बन्द भइसकेको छ । ‘हाम्रो गाउँमा पनि धेरै भाइहरू छुट्टिएका छन्, अहिले उनीहरू नयाँ घर बनाउने तयारीमा छन्,’ भीमदत्त नगरपालिका–१ राजीपुरका लौटन चौधरीले भने, ‘घर फाट्ने काम पनि अहिले नै हुन्छ ।’ उनका अनुसार विगतमा ठूलो परिवार हुन्थ्यो । माघीकै बेला छुट्टिने काम गर्थे । तर अहिले परिवार स–साना भएका कारण विगतजस्तो धेरै घर फाट्ने काम कम भएको छ । माघीका बेला थारु समुदायमा बंगुरको मासु, माछा, कुखुराको मासु, अनदीको झोल, ढिकरी, आलु लगायतका परिकार पाक्छन् । बिहान सबैरै उठेर नुहाएपछि देउताको पूजा गरिन्छ । त्यसपछि आफूभन्दा ठूलाबडाको आशीर्वाद लिइन्छ । त्यसपछि सबैका घरमा गएर आशीर्वाद लिने र खाना खाने गरिन्छ ।

माघीका बेला रोजगारीका लागि बाहिर रहेकाहरू पनि घर फर्किन्छन् । छोरी बहिनीहरू पनि यतिबेला माइती आउने गर्छन् । माघी नजिकिँदै गर्दा थारु गाउँमा चहलपहल बढ्न थालेको छ । साग तरकारीदेखि मासुको व्यवस्थापन लगायत विभिन्न किसिमका किनमेलहरू पनि भइरहेका छन् । माघीका बेला थारु समुदायमा मघौटा नाचको रौनक हुन्छ । घर–घरमा गएर यो नाच नाचिन्छ । अहिलेदेखि नै महिला र पुरुषहरू माघौटा नाचको तयारीमा जुटेका छन् । तर विगत झैं माघौटा नाचको रौनकता कम हुँदै गएको कलाकार समु बताउँछिन् । उनका अनुसार नयाँ पुस्ता पुरानो संस्कृति बिर्सिंदै गएका कारण पनि रौनकता कम हुँदै गएको हो ।

उसो त माघीअघि र पछि ठाउँ–ठाउँमा विभिन्न संघसंस्थाले थारु संस्कृति र परम्परा झल्किने गरी माघी मिलन कार्यक्रम आयोजना गर्दै आएका छन् । तर चाडपर्वका बेला मात्रै हुने यस्ता कार्यक्रमले संस्कृतिको संरक्षण हुन नसक्ने थारु समुदायका अगुवाहरू बताउँछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज