धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले नागरिकका समस्य समाधान गर्ने आफ्नो पहिलो प्रार्थमिकता हुने बताएका छन् । कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएपछि पत्रकारसंग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकनरी हमालले नागरिकलाई सअज सेवा दिन र सहज सेवा दिन आफ्नो ध्यान केन्द्रित हुने बताए ।
हमालले नागरिकका समस्या र सेवा प्रवाह सहज हुने गरी समाचार सामग्री प्रकाशित, प्रसारित गर्न पनि सञ्चारकर्मिलाई आग्रह गरे । आग्रह गर्नु भएको छ । नकारात्मक तरिकाले भन्दा सकारात्मक सन्देश प्रशारण गर्दा बढी प्रभावकारी हुने बताउँदै उनले त्यता तर्फ पनि ध्यान दिन सञ्चारकर्मि संग आग्रह गरे ।
विकासका कामहरु धमाधम अघि बढिरहेका बताउँदै उहाँले केही भएकै छैन भन्ने जस्ता नकारात्मक समाचार प्रकाशित गरेर नागरिकलाई निराश नबनाउन पनि आग्रह गरे। प्रमुख जिल्ला अधिकारी हमालले सञ्चार क्षेत्रलाई मर्यायादित बनाउन आफुले सवैसंग समन्वय गर्ने आस्वासन बताए । सहज सूचना आदान प्रदान गर्न जिल्ला स्थित सवै सूचना अधिकारी संग छफलफ गर्ने उनको भनाई छ ।
उनले नागरिकलाई भईरहेका समस्या उजागर गर्न उनले सञ्चारकर्मिसंग आग्रह गरे । सञ्चार कर्मीले उजागर गरेका नागरिकका समस्यालाई प्रारथमिकता दिएर समाधान गर्न तर्फ ध्यान दिने उनको प्रतिबद्दता छ ।