धनगढीमा तीन सय गाडी अट्ने ८० करोडमा बसपार्क बन्दै ।

धनगढी उपमहानगरपालिका–३ कालिकानगरदेखि पश्चिम क्षेत्रको खाली जग्गामा बसपार्क निर्माण गरिने भएको हो।


धनगढीः धनगढीमा तीन सय गाडी अट्ने बसपार्क निर्माण हुने भएको छ।

धनगढी उपमहानगरपालिका–३ कालिकानगरदेखि पश्चिम क्षेत्रको खाली जग्गामा बसपार्क निर्माण गरिने भएको हो।

नगर विकास कोषको ८० प्रतिशत र धनगढी उपमहानगरपालिकाको २० प्रतिशत गरेर झन्डै ८० करोडको लगानीमा ‘अत्याधुनिक बसपार्क’ निर्माण गर्ने भएको छ। धनगढीमा नयाँ निर्माण हुने बसपार्कमा तीन सय गाडीहरू अट्ने छन्। बसपार्कमा लामो दुरी, छोटो दुरी, नगर बस, अटो लगाएतका सवारी राख्न मिलनेसमेत ठाउँ तयार हुने छ। दुई तलाको भवनमा प्रतिक्षालयहरू, नेपाल प्रहरी, स्तनपान कक्ष तथा सामाजिक सुरक्षाका लागि समेत ठाउँ राखिएको छ। धनगढी उपमहानगरपालिकाले तयार पारेको तीन वटा विस्तृत योजना प्रतिवेदनमा ९६ करोडको स्वीकृत भएको हो। तर, लागत कम गर्न उपमहानगरपालिकाले माटो भरान तथा मोहना नदीमा तटबन्ध गर्ने भएको छ। धनगढी–३ का वडाध्यक्ष राजबहादुर ऐरले माटो भरानको काम उपमहानगरपालिकाले गर्ने र मोहनामा तट्बन्ध प्रदेश सरकारमार्फत गर्न लगाउने बताए। उनले भने, ‘तीन वटा डिपीआर पेस भएका थिए। तर, लगानी कम गर्ने प्रयासमा हामी छौ। भरान र तटबन्धको काम घटाउछौ।’

बसपार्कको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) को काम जारी रहेको छ। धनगढी उपमहानगरपालिकाले डिभिजन वन कार्यालय, धनगढीमा पेस गरेको फाइल उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा आएको छ। मन्त्रालयले वातावरणीय परीक्षण र सामाजिक परीक्षणको काम गर्दै छ। वडाध्यक्ष ऐरले सामाजिक परीक्षणको कामसमेत भएको बताए। उनले वन मन्त्रालयले प्रतिवेदन लेखनको काम थालेको बताएका छन्। माघ २५ गतेसम्म मन्त्रालयले प्रतिवेदन लेखनको काम पूरा गर्ने तर्क उनको रहेको छ। वातावरणीय परीक्षण र सामाजिक परीक्षणको प्रतिवेदन तयार भएपछि प्रदेश सरकारले स्वीकृति गर्दै सङ्घीय वन तथा वातावरण मन्त्रालयमा फाइल पठाउने छ। बसपार्क निर्माणका लागि पाँच हेक्टर जग्गा प्राप्तिका लागि फाइल सङ्घीय वन मन्त्रालयमा पेस गरिने भएको हो।

प्रदेश सरकारले बसपार्कको जग्गा प्राप्तिको प्रक्रियागत कामहरू गर्दै छ। ऐरले भने, ‘सामाजिक परीक्षणको काम गरेका छौ। प्रतिवेदन लेखनको काम हुँदैछ। माघ २५ गतेसम्म लेखनको काम हुन्छ। प्रदेश सरकारको सुझावसहित नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयमा फाइल पेस गर्ने छौ। पाँच हेक्टरको हाराहारीमा जग्गा छ। जग्गा प्राप्तिका लागि गाह्रो छैन। वन मन्त्रालयले स्वीकृति दिएपछि चैत÷वैशाखमा शिलान्यास गर्न सक्छौ।’

धनगढीको नयाँ दुई तले बसपार्कमा प्रहरी चौकी, चिकित्सकसहितको १० शय्याको अस्पताल, बैठक कक्ष र स्पाहरू हुनेछन्। ८० करोडको लागत अनुमान गरिएको बसपार्कमा ८० प्रतिशत नगर विकास कोष र बाँकी धनगढी उपमहानगरपालिकाको लगानी हुने छ। सम्झौताको दुई वर्षमा बसपार्क निर्माणको काम पूरा हुने लक्ष्य रहेको छ।

बसपार्क निर्माण गर्न नगर विकास कोषबाट ८ प्रतिशत ब्याजदरमा २५ वर्षका लागि ऋण लिने तयारी गरिएको हो। बसपार्कबाट वार्षिक १३ करोड ६६ लाख ३५ हजार आम्दानी हुने र नगर विकास कोषबाट मिलेको ऋण चुक्ता गर्न केवल ८ वर्षको आम्दानीले पुग्ने धनगढी उपमहानगरपालिकाको योजना छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज