धनगढी। कैलालीमा मापसे गरेर एक युवकमाथि बोतल हानिएको छ । गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुर चौधरीमाथि गएराति अत्तरिया नजिकै चौकीडाँडामा शिशाको बोतलले हानिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले बोतलले चौधरीको टाउकोमा प्रहार गरिएको बताए । उनको अत्तरियाको पद्य्मा अस्पतालमा उपचार भइरहेको छ ।
बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए । उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।