पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्।

पोखरा। पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्।

शनिबारदेखि सुरू भएको भ्रमण वर्षको उद्घाटन बेलुन उडाएर गर्ने तय भएको थियो। त्यसका लागि अर्थमन्त्री पौडेल र मेयर आचार्य बेलुन उडाउन तयार हुँदै गर्दा अकास्मात बेलुन पड्किएको थियो।

हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन पड्किँएर आगो लागेको थियो।

उद्घाटनका क्रममा भएको उक्त दुर्घटनामा परी मन्त्री पौडेल र मेयर आचार्य घाइते भएको अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए।

बेलुन पड्किएपछि तत्काल उपप्रधान एवं अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पताल लगिएको थियो।

गण्डकी अस्पतालबाट थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो।

घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए।

‘घटना कसरी भयो भन्ने अनुसन्धान हुँदैछ,’ उनले भने।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपप्रधानमन्त्री पाैडेलकाे गर्धन र हातमा जलन भएको बताए।

‘उहाँको गर्धन र हातमा जलन भएकाे छ थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाएका छाैं,’ पाण्डेले भने।

अर्थमन्त्री पाैडेलले एआई जडित पानसमा बत्ती बालेर पाेखरा भ्रमण वर्ष २०२० लेखेकाे ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएकाे हाे।

ब्यानर दुबै साइट बेलुन झुण्डाइएकाे थियाे। साेही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरूलाई परेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज