दार्चुला । दार्चुलामा अन्दाजी ४५ वर्षीय एक पुरुषको वेवारिसे शव भेट्टिएको छ ।बुधवार (आज) दिउँसो साढे ३ बजेतिर जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ खेताली स्थित चौलानी नदीको किनारमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।उक्त शवको हालसम्म पहिचान हुन नसकेको बताइएको छ । शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।