धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा ५ जना घाइते भएका छन् । झडपमा परी घाइते भएकाहरुको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक राजकुमार सिंहले बताए । बिहीबार कैलाली कारागारमा रहेका तीन जना कैदिवन्दिलाई अन्यत्र सरुवा गरेपछि झडप सुरु भएको थियो । भूपेन्द्र बडुवाल हत्या प्रकरणमा मुछिएका तीन जनालाई बिहीबार अन्य कारागार सरुवा गरिएको प्रहरी प्रबक्ता सिंहले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिंहले बताए । कैदीलाई सरुवा गर्ने क्रममा विवाद हुँदा झडप भएको हुन सक्ने आँकलन गरिएको छ ।
एकै दिन १८ महिलाको शल्यक्रिया मार्फत सफल प्रसुती सेवा
जयन्त सिंह भाट, धनगढीः सेती प्रादेशिक अस्पतालमा एकै दिन १८ जना महिलाको शल्यक्रिया गरि प्रसुती गराईएको छ । आकस्मिक भई रातीको समयमा १० जना र दिउँसोको समयमा ८ जना गरि मंगलबार एकैदिन १८ जना महिलाको शल्यक्रिया गरि सफल प्रसुती गराईएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.कमल दिप जोशीले जानकारी दिए । विभिन्न समस्या, सिमित स्रोत साधन र न्युन जनशक्तिका बाबजुत सिमित वेड संख्या रहेको पुरानो जीर्ण भवनमा विभिन्न जिल्लाबाट रेफर भएर आएका गर्भवती महिलाहरुको सफल शल्यक्रिया गरिएको उनले बताए । उनले अस्पतालको सर्वसुलभ सेवालाई अझ प्रभावकारी र गुणस्तरिय बनाउन सबै सम्बन्धित निकाहरुको ध्यान जान जरुरी रहेको बताएका छन् ।