बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, काभ्रे, मनाङ, गोरखा, म्याग्दी, पाल्पा, पाँचथरलगायतका जिल्लामा सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको छ ।

प्राधिकरणले ट्वीट गरेको एक भिडियोमा मनाङको सदरमुकाम चामेमा डरलाग्दो गरी उर्लिएको बाढीले एउटा मन्दिर बगाएको देखिन्छ । वस्तीको बीचबाट बाढी बगेको देखिन्छ ।प्राधिकरणले बर्खा नलाग्दै आएको बाढीले क्षति पुर्याएको मनाङको उदाहरण दिंदै पूर्वतयारी थाल्न आग्रह गरेको छ ।

‘अहिले नै पूर्वतयारी थाले तपाईंको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ,’ प्राधिकरणले भनेको छ, ‘थुनिएका खोल्सी थुनिएका छन् भने खोलौं, सडक किनारमा नाला बनाऔं ।’बाढीले पुर्याएको क्षतिबारे जानकारी दिंदै मनाङका डिएसपी सुवास खड्काले भने, ‘घट्टेखोलामा रहेको एउटा घरमा नेपाल लाइफ इन्स्योरेन्सको कार्यालय पनि थियो ।

त्यो घर भत्किएर बस्नै नमिल्ने भएपछि त्यहाँ डेरामा बस्दै आएकाहरुलाई नजिकको विद्यालयमा सारिएको छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज