uncategory

४० वर्ष माथिकालाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउँदै काठमाडौँ महानगरपालिका

४० वर्ष माथिकालाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउँदै काठमाडौँ महानगरपालिका

uncategory
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ ।     आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो । यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ । खोप कार्यक्रम बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म रहने छ ।     अहिले थप गरिएका केन्द्रबाट यसअघि म...
वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह

वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह

uncategory
काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलले आफ्नो पत्र बमोजिम वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई छिटो कारबाही गर्न आज सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ ।     गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीति विपरीत विश्वासको मत दिएको स्थितिमा एमालेले ती सांसद्लाई कारबाही गर्न यही भदौ १ गते सङ्घीय संसद् सचिवालयमा पत्र पठाएको थियो ।     एमालेले राजनीतिक दल सम्बन्धी ऐनको दफा २८ बमोजिम कारबाहीका लागि सिफारिस गरेकाले कानून बमोजिम कारबाही नगरिए प्रतिरोध गर्ने जनाइ दिइएको सभामुखसँगको भेटपछि एमालेका मुख्य सचेतक विशाल भट्टराईले बताउनुभयो ।     एमालेले जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, न...
सर्वोच्च अदालतमा राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध ६ वटा रिट दर्ता

सर्वोच्च अदालतमा राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध ६ वटा रिट दर्ता

uncategory
काठमाडौँ । सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै ६ थान रिट निवेदन दायर गरिएको छ । अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको हो ।     सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार राजनीति दलसम्बन्धी अध्यादेश विरुद्ध छ वटा रिट निवदेन संवैधानिक इजलासमा दर्ता भएको छ । त्यसको सुनुवाइ यही भदौ ११ गते शुक्रबारका लागि तोकिएको छ । दल विभाजन सम्बन्धी अध्यादेश बुधबार राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको थियो । यसअघि पार्टी विभाजनमा लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नु पर्ने व्यवस्था थियो । नयाँ अध्यादेशमा केन्द्रीय कमिटी वा संस...
बिहीबार थप ३ हजार ७५ सङ्क्रमित, ३३ को मृत्यु

बिहीबार थप ३ हजार ७५ सङ्क्रमित, ३३ को मृत्यु

uncategory
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा दुई हजार ३२१ र चार हजार ४९२ एन्टिजेन परीक्षणमा ७५४ जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार २२८ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७८ हजार ३७७ छ । सो अवधिमा थप दुई हजार १२६ जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार २९९ पुगेको छ । हाल ३७ हजार ११४ होम आइसोलेसनमा तथा तीन हजार ३८६ जना संस्थागत आइसोलेसनमा छन् । त्यसैगरी ७३९ आइसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ५०० रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ४२९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ...
नेपका माओवादी केन्द्र हिलेदेबी काठमान्डौ सम्पर्क मन्चको भेला तथा बैठक  सम्पन्न

नेपका माओवादी केन्द्र हिलेदेबी काठमान्डौ सम्पर्क मन्चको भेला तथा बैठक सम्पन्न

uncategory
भक्तपुर । नेपका माओवादी केन्द्र हिलेदेबी काठमान्डौ सम्पर्क मन्चको भेला तथा बैठक हिजो भक्तपुरको सुर्यबिनायक स्थित माउन्टेन कन्सल्टेन्सिको सभाहलमा सम्पन्न गरिएको छ। कार्यक्रमका सभाध्यक्ष एवं हिलेदेवी काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष रोज थिङ, प्रमुख आतिथ्य नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, बागमती प्रदेश सचिवालय सदस्य धाव  लामा,  बागमती प्रदेश सदस्य टंकलाल घिसिङ, श्रम तथा रोजगार विभाग सदस्य दीपक मोक्तान, बागमती प्रदेश उद्योग तथा वाणिज्य विभाग युवराज श्रेष्ठ, सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङ, सुनापति गाउँपालिका ३ नंं. वडा कमिटी अध्यक्ष कुलबहादुर थिङ, लगायतका नेताहरु उपस्थिति रहेको थियो।भेलामा बोल्दै नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सांसद श्याम श्रेष्ठले केपी ओली गुटका हल्लाखल्ला र भुलभुलैयामा हिड्ने साथीहरुलाई मुतको न्यानो भन्छन् मुतको न्यानो हो कि क...
ड्राइभिङ लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही

ड्राइभिङ लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही

uncategory
काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ ।कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञा लगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन ।नेपाल सरकारले गत वर्षको लकडाउन अन्त्य पछि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फाराम समेत खुलाएको थियो । अनलाइन फाराम भर्ने लाखौं सेवाग्राहीले परीक्षा दिन भने पाएका छैनन् । यातायात व्यवस्था विभागले १ भदौदेखि लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षाका लागि आवेदन खोल्ने तयारी गरेको तत्काल नखुल्ने देखिएको छ ।पछिल्लो समय कोभिड–१९ को नयाँ संक्रमण तीव्र रूपमा फैलिएकोसँगै सरकार तत्काल परीक्षा सञ्चालन नगर्नेमा पुगेको हो ।विभागका महानिर्देशक नमराज घिमिरेले यसअघि साउन अन्तिमसम्ममा लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा...
सुनापतिको ५ वडामै नेकपा माओवादीको जित सुनिश्चित गर्छौं: अध्यक्ष थिङ

सुनापतिको ५ वडामै नेकपा माओवादीको जित सुनिश्चित गर्छौं: अध्यक्ष थिङ

uncategory
सुनापति । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दिपक ह्योल्मको प्रमुख आतिथ्यमा बुधबार हिलेदेवीमा सम्पन्न सुनापति गाउँपालिका  ३ नंं. वडा कमिटी गठन भेलाले अध्यक्षमा कुलबहादुर थिङ, सचिवमा रोज बहादुर लामा  ह्योल्मो सहित २९  सदस्यीय वडा कमिटी गठन सम्पन्न गरिएको छ। ३ नंं. वडा कमिटी गठन भेलामा बोल्दै नेकपा माओवादी केन्द्रका ३ नंं. वडा कमिटी अध्यक्षमा कुलबहादुर थिङले आफ्नो काधमा २ वटा जिम्मेवार जनताले दिएकोले आफू सो जिम्मेवार पुरा गरि आगामी स्थानीय चुनावमा सुनापतिलाई पहिलोको जस्तै ५ वडामै नेकपा माओवादी केन्द्रको जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अध्यक्ष थिङ निर्वाचित वडा सदस्य समेत रहेको छ। त्यसैगरी  नेकपा माओवादी केन्द्रको गाउँकमिटी सदस्य एवं ३ नंं. वडा कमिटी सचिव रोज बहादुर योल्मोले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएकोमा पार्टीको विधान नीति बमोजिम पाटीको संघसंगठन मजबुत बनाउने प...
नेकपा माओवादी  सुनापति गाउँपालिकाको  ३ नंं. वडा कमिटी गठन सम्पन्न, अध्यक्ष थिङ

नेकपा माओवादी सुनापति गाउँपालिकाको ३ नंं. वडा कमिटी गठन सम्पन्न, अध्यक्ष थिङ

uncategory
सुनापति । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनापति गाउँपालिकाको  ३ नंं. वडा कमिटी गठन भएको छ।आज बुधबार नेकपा माओवादी केन्द्र  ३ नंं. वडा संयोजक कुल बहादुर थिङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको युवा नेता एवं सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङले सुनापति न्युज डटकमलाई बताउनुभयो ।अध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा २९ सदस्यीय वडा कमिटीको सचिवमा रोज लामा ह्योल्मो सर्वसम्मतिले चयन भएको बताउनुभएको छ।कार्यक्रमका प्रमुख आतिथ्य नेकपा (माओवादी केन्द्र ) को जिल्ला सदस्य दिपक ह्योल्मो, माओवादी केन्द्र जिल्ला सदस्य एवं सुनापति गाउँपालिका संयोजक ठुलो कान्छा तामाङ, श्रम तथा रोजगार विभाग सदस्य दीपक मोक्तान, बागमती प्रदेश उद्योग तथा वाणिज्य विभाग युवराज श्रेष्ठ, सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङ, हिलेदेवी काठमाडौ सम्पर्क मञ्चका संयोजक रोज थिङ, लगायतका नेताहरु उपस्थिति रहेको ...
कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

uncategory
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ ।मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाइपाइ आएको तलब सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।नवनियुक्त मन्त्री भुसालले हिउँदमा १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्यको नेतृत्व गरेका घिसिङलाई ल्याउन रुचि देखाएकी थिइन् ।शाक्यले नेतृत्व सम्हालेयता प्राधिकरणको नाफा घटेको, अनधिकृत रुपमा विद्युत् कटौती हुने क्रम र विद्युत् चुहावट बढेको भन्दै प्रधानमन्त्री देउवाले घिसिङलाई नै प्राधिकरणको नेतृत्वमा ल्याउन निर्देशन दि...
बिहीबार राति ८ बजेपछि काठमाडौँ उपत्यकामा सवारीसाधन चलाउन नपाइने

बिहीबार राति ८ बजेपछि काठमाडौँ उपत्यकामा सवारीसाधन चलाउन नपाइने

uncategory
 काठमाडौँ । काठमाडौँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड-१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले बताए । हाल जारी निषेधाज्ञा बुधबार सकिँदैछ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज