
आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) साँझदेखि देशका अधिकांश स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।
विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।
विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान हल्का हिमपात हुने जनाएको छ ।
बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भूभागमा हल्का वर्षा हुने विभागको भनाइ छ ।
विभागका अनुसार, गण्डकी प्रदेशका हिमाली क्षेत्रमा दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आ...