
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित
धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।
युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको जित निकालेको हो।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सक्यो।
वेस्ट इन्डिजका लागि ओपनिङ ब्याटर आमिर जन्गुले १९ रन जोडे भने अर्का ओपनर काइल मेयर्सलाई ५ रनमा कुशल भुर्तेलले रनआउट गरेका थिए।
त्यसपछि ज्वेल एन्ड्रयू ५ रन र अकेम अगस्टे १५ रनमा आउट भए। लगातार विकेट लिएको नेपालसामू वेस्ट इन्डिजका बलर खुलेर ब्याटिङ गर्न असफल भए।
नविन बिदैसीले २२ रन बनाए। खेल आफ्नो नियमन्त्रणमा लिएको नेपालका लागि सोमपाल कामीले १८औं ओभरमा १९ रन खर्चिए। एक नोबल दिएका सोमपाललाई अकिल हुसेन र फाबियन एलेन मिलेर १९ रन बनाएका थिए।
तर...