काठमाडौं । पेरिसमा हालै सम्पन्न पारा ओलम्पिक खेलकुदमा नेपाललाई कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई कांग्रेसले सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा विशेष सम्मान सम्मान कार्यक्रम आयोजना गरेर कांग्रेसले पलेसालाई सम्मान गरेको हो ।
कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नगद पाँच लाख रुपैयाँसहित सम्मान गरेका हुन । सोही कार्यक्रममा पलेसाका प्रशिक्षक कविराज नेगी लामा एक लाख पचास हजार रुपैयाँसहित सम्मानित भए ।
कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत अन्य नेताहरु सहभागी थिए ।