
चलचित्र “टुहुरी”को छाँयांकन असोज १ गतेदेखि स्याङ्जामा हुने
काठमाडौं । नेपाली कथानाक चलचित्र "टुहुरी"को छाँयांकन आगामी असोज १ गतेदेखि हुने भएको छ । चलचित्र "टुहुरी"को छाँयांकन स्याङ्जा जिल्लाको ज्यामीरेमा आगामी असोज १ गतेदेखि हुन लागेको हो ।
आगामी असोज १ गतेदेखि छाँयांकन हुनलागेको चलचित्र "टुहुरी"लाई चलचित्रकर्मी एवं वरिष्ठ द्धन्द्ध निर्देशक जनक गुरुङले निर्देशन र चलचित्रकर्मी रविन गुरुङले सहनिर्देशन गर्नुहुनेछ । चलचित्रको कथाकारमा सुस्मी गुरुङ(मञ्जु) र पटकथा तथा संवादमा निर्देशक जनक गुरुङ आफैले गर्नुहुनेछ ।
सो चलचित्रको निर्मतामा रुक आलेमगर, खडग बहादुर गुरुङ, नेत्र तिमल्सिना, देव गुरुङ, चीज गुरुङ र मीन बहादुर गुरुङ रहेको छ । चलचित्रमा रिना गुरुङ, आनन्द गुरुङ, मनोज गुरुङ, तलीसा गुरुङ, काशी गुरुङ, रविन गुरुङ, कुमार सामरी घले, सुवाश गुरुङ र रश्मि गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ । सो चलचित्रको छाँयांकन क्यामेरा पर्सनमा खेम थापा मगर र मेकअप...