काठमाडौं । कोशी प्रदेशमा प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको छ । शुक्रबार बिहान नेपाली कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले विराटनगरमा शपथ लिएका हुन्।
कांग्रेसबाट सरकारमा सहभागी भएका राईलाई भौतिक पूर्वाधार मन्त्री, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री बन्दा सदानन्द मण्डलले पर्यटन, वन, वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै भूमि राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्री बनेका छन् ।
तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । शुक्रबारको मन्त्रिपरिषद् विस्तारसँगै कोशी प्रदेशमा दुई राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ।