काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले यो साता पनि नयाँ रेकर्ड कायम गरेको छ । सातामै सुनको मूल्य प्रतितोलामा ४ हजार २०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको छ । बिहिबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः नयाँ रेकर्ड कायम गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मूल्यमा
विगत केही समयदेखि देखिँदै आएको बढ्दो प्रवृत्ति लगायत कारणले सुनको मूल्य बढ्न सघाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ७५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १ हजार ८...
२०८१ भाद्र २८, शुक्रबार२०८१ भाद्र २८, शुक्रबार२०८१ भाद्र २८, शुक्रबार by दर्पण नेपालNo Comments
काठमाडौं । कोशी प्रदेशमा प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको छ । शुक्रबार बिहान नेपाली कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले विराटनगरमा शपथ लिएका हुन्।
कांग्रेसबाट सरकारमा सहभागी भएका राईलाई भौतिक पूर्वाधार मन्त्री, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री बन्दा सदानन्द मण्डलले पर्यटन, वन, वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै भूमि राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्री बनेका छन् ।
तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । शुक्रबारको मन्त्रिपरिषद् विस्तारसँगै कोशी प्रदेशमा दुई राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ।...