काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । आवेदन दिने अन्तिम मिति विहिबारसम्म यो फिल्मले मात्र आवेदन दिएकोले अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको हो ।
समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले एक मात्र आवेदन परेकाले ‘शाम्बाला’ निर्विरोध सिफारिस भएको बताए । यसको औपचारिक घोषणा शुक्रबार भएको हो । अब ‘शाम्बाला’ले अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिनेछ ।
नेपालको छनोट समितिले फिल्मलाई नोभेम्वरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ९७ औं अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस(एन्जलसमा आयोजना हुँदैछ ।
‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भएको छ ।