Day: २०८१ भाद्र २९, शनिबार

भोटेकोशीमा खसेको गाडी निकालियो, यात्रु बेपत्ता

भोटेकोशीमा खसेको गाडी निकालियो, यात्रु बेपत्ता

ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो । नदीबाट निकालिएको बा २० च २१८५ नम्बरको बोलेरो जीप रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर उक्त बोलेरोमा कति जना थिए भन्ने बारे स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । स्थानीयले भोटेकोशी नदीमा गाडीको टायर देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गाडी खसेको आशंकामा प्रहरीले क्रेन ल्याएर खोजी कार्य सुरु गरेको थियो ।...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, समाचार
काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।...
प्रधानन्यायधीस सिफारिसबारे निर्णय हुन सकेन

प्रधानन्यायधीस सिफारिसबारे निर्णय हुन सकेन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निर्णय टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठकमा प्रधानन्यायधीस सिफारिसबारे छलफल भएपनि निर्णयमा पुग्न नसकेको हो । बालुवाटार स्रोतका अनुसार छलफलमा प्रधानन्यायाधीश सिफारिसमा केन्द्रीत थियो । तर कोही पनि सिफारिस हुनु भएन’, ती स्रोतले भन्यो । स्रोतका अनुसार बैठकमा उपसभामुख ईन्दिरा राना मगरले आफ्नो विषय उठाएकी थिईन् । त्यसैगरी, संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो । अर्को बैठक ३१ भदौमा बस्ने भएको छ ।...
‘शाम्बाला’ नेपालबाट अस्कर अवार्डमा छनौट

‘शाम्बाला’ नेपालबाट अस्कर अवार्डमा छनौट

कला/साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । आवेदन दिने अन्तिम मिति विहिबारसम्म यो फिल्मले मात्र आवेदन दिएकोले अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने भएको हो । समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले एक मात्र आवेदन परेकाले ‘शाम्बाला’ निर्विरोध सिफारिस भएको बताए । यसको औपचारिक घोषणा शुक्रबार भएको हो । अब ‘शाम्बाला’ले अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिनेछ । नेपालको छनोट समितिले फिल्मलाई नोभेम्वरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ९७ औं अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस(एन्जलसमा आयोजना हुँदैछ । ‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भएको छ ।...
गुम्बाको शताब्दी दिवसमा शुभकामना दिनुहुदै धर्मगुरु गेसी थुप्तेन जिम्बा शेर्पा

गुम्बाको शताब्दी दिवसमा शुभकामना दिनुहुदै धर्मगुरु गेसी थुप्तेन जिम्बा शेर्पा

भिडियो
https://youtu.be/Kdu_yUcP6uM?si=-ay-QOeih4_-sozv
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज