काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निर्णय टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठकमा प्रधानन्यायधीस सिफारिसबारे छलफल भएपनि निर्णयमा पुग्न नसकेको हो ।
बालुवाटार स्रोतका अनुसार छलफलमा प्रधानन्यायाधीश सिफारिसमा केन्द्रीत थियो । तर कोही पनि सिफारिस हुनु भएन’, ती स्रोतले भन्यो । स्रोतका अनुसार बैठकमा उपसभामुख ईन्दिरा राना मगरले आफ्नो विषय उठाएकी थिईन् ।
त्यसैगरी, संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो । अर्को बैठक ३१ भदौमा बस्ने भएको छ ।