काठमाडौं । संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याएको छ ।
भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । २०७२ सालको भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण गरी ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा ल्याएको हो ।
अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क नलाग्ने शहरी विकास तथा भवन विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
एक दिनमा अधिकतम पाँच सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।