Day: २०८१ आश्विन ३, बिहीबार

आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालन

आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालन

ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, बागमती, समाचार
काठमाडौं । संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । २०७२ सालको भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण गरी ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा ल्याएको हो । अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क नलाग्ने शहरी विकास तथा भवन विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । एक दिनमा अधिकतम पाँच सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।...
आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाइदै आएको छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् । टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ । त्यसैगरी, आजै राष्ट्रपति पौडेलले शीतल निवासमा पनि चियापान कार्यक्रम आयोजना गरेका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज