काठमाडौ । आज दिउँसोबाट देशभर आइतबारसम्म भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै बिहिबारदेखि आइतबार बिहानसम्म नेपाल अधिराज्यभर भीषण वर्षासँगै बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले सतर्क रहन समेत आग्रह गरेको छ ।
महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा समेत राखेको छ ।