काठमाडौं । चाँडवाड नजिँकिदै जाँदा स्वदेशी उत्पादन स्याउले बजार पाउन थालेको छ । नेपाली बजारमा भारतीय र चीनको आयातित स्याउ तथा फलफुलले ओगटेको हिस्सालाई स्वदेशी उत्पादित स्याउले परास्त गर्दै बजार पाउन लागेको हो ।
नेपालको हिमाली भेगमा उत्पादन भएको स्याउ सहरको मुख्य बजारमा पुग्न थालेको छ । दशै तिहार नजिँकिदै गर्दा मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जाजरकोट लगायतको स्थानहरुमा उत्पादित स्याउ मुख्य बजारहरुमा पुग्न थालेपछि भारत, चीनबाट आयात घट्न थालेको छ ।
फलफुल सधैं जसो चाडवाडको बेलामा आयात गर्नुपर्ने अबस्थामा पुग्थ्यो । केहि समय अगाडीदेखि स्याउको नेपाली बजारमा स्वदेशी उत्पादनले नै धान्न सकिने कृषि मन्त्रालयका प्रबक्ताले बताए ।
त्यसैगरी, अहिलेको सिजनमा स्याउ संकलन गर्न किसानहरुलाई भ्याइनभ्याई रहेको छ । उनीहरुले स्याउ टिपी ग्रेडिङ गर्ने, केलाउने, प्याकिङ गर्ने र ढुवानी गर्ने लगायतको कामहरु धमाधम चलिरहेको छ ।