गौरीशंकरमा दलहरुको सक्रियता उपचुनाव केन्द्रित

दोलखा । गौरीशंकर गाउपालिकामा हुुन लागेको उपनिर्वाचनमा आफ्नो उम्मेदवार विजयी गराउन प्रमुख राजनीतिक दलहरु सक्रिय भएका छन् । उपनिर्वाचनका लागि मनोनयन दर्ता मिति नजिकिदै गर्दा प्रमुख राजनीतिक दलहरुको प्रचारप्रसार एवं घरदैलो अभियानमा सक्रियता भएका हुन् ।

निर्वाचन आयोगको समयतालिका अनुसार आगामी मंसिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ । जसका लागि प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द्र लगायतले पार्टीबाट उम्मेदवार घोषणा गरी घरदैलो अभियान सुरु गरेका छन् ।

नेकपा एमाले दोलखाले उमा लुङ्गेली मगर शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेपछि घरदैलो गर्ने अभियानको संयोजन गर्न जिल्ला कमिटीका सचिव स्वयम बहादुर खड्काको नेतृत्वमा काक्तिक २१ गतेदेखिनै सुरु गरेका छन् । अभियानका टोलिमा जिल्ला नेताहरु जंग गुरुङ, फुरलाक्पा शेर्पा, देवराम बुढाथोकी, विन्दु गुरुङ पालिका कमिटीका अध्यक्ष मिङ्गुर शेर्पा लगायतका नेता तथा कार्यकर्ताहरु परिचालित भएका छन् ।

एमालेको कार्तिक २१ गते मार्वुबाट सुरु भएको पहिलो चरणको घरदैलो अभियान कार्तिक २९ गते टाँसिनाममा पुुगेर सकिने र दोस्रो चरणको अभियान मंसिर २ गते मनोनयन दर्तापछि सुुरु हुने अभियानका संयोजक एवं एमाले दोलखाका सचिव स्वयम बहादुर खड्काले बताए ।

एमालेले यसअघि मार्वु, चंखु र सुुरीमा सकिएको र शनिवार (कार्तिक २४ गते) झ्याँकुमा अभियान भएको अभियानका सदस्य जंग गुरुङ्गले बताए । अब २५ र २६ गते जुँगु, २७ गते खारे, २८ गते सिमिगाँउ र २९ गते टाँसिनाममा पहिलो चरणको अभियान समापन हुने गुरुङले बताए ।

उपनिर्वाचनको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसले पासदिकी शेर्पा तामाङलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा लगायतले समेत उम्मेदवार घोषणासंगै घरदैलो र भेटघाट अभियान तिब्र बनाएका छन् ।

नेपाली कांग्रेसले हृदयाघातका कारण निधन भएका उपाध्यक्ष श्यामसुन्दर तामाङको धर्मपत्नी पासदिकी शेर्पा तमाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले प्रचारप्रसार एवं घरदैलो अभियानको क्रममा सभापति बर्मा लामासंगै बागमति प्रदेशका अर्थमन्त्री कुुन्दनराज काफ्ले लगायत जिल्लाकाका नेताहरु सक्रिय रहेका छन् ।

नेकपा माओवादी केन्द्रले निमलेकी शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं बागमति प्रदेशका पूर्व बन मन्त्री विशाल खड्का, विश्वास कार्की लगायतका नेता तथा कार्यकर्ताहरु घरदैलो अभियानमा सक्रिय रहेका छन् ।

नेकपा एकिकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपचुनावका लागि राप्रपाले समेत उम्मेदवार घोषणासंगै घरदैलो र भेटघाट अभियान तिब्र बनाएका छन् ।

गौरीशंकर गाँउपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण २०८० असार ३१ गते उपचारका क्रममा निधन भएको थियो । सो रिक्त रहेको उपाध्यक्ष पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज