नेकपा एमालेका उम्मेदवार उमा शेर्पाले आज मनोनयनपत्र दर्ता गर्दै

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने उप निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पाले आज मनोनयनपत्र दर्ता गर्दै छिन । काठमाडौंमा गौरीशंकर पालिका सम्पर्क मञ्चले आयोजना गरेको बृहत भेलामा उम्मेदवार सिफारिसपत्र बुझ्दै आज उपनिर्वाचनको लागि मनोनयनपत्र दर्ता गर्न लागेकी हुन् ।

शनिवार गौरीशंकरका स्थायी मतदाताहरुसंग परिचय र भेटघाट कार्यक्रममा बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले उमा शेर्पालाई नेकपा एमालेको उपाध्यक्ष उम्मेदवार सिफारिसपत्र हस्तान्तरण गर्नुभएको थियो । अगुवा कार्यकर्ता भेलामालाई सम्वोधन गर्नुहुँदै इन्चार्ज डा. भट्टराईले शेर्पाको जित भैइसकेको र आफ्नो प्रतिबद्धताको खाका तयार गरी राख्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा उम्मेदवार शेर्पाले गौरीशंकरमा नेकपा एमालेको नेतृत्व विना संवृद्ध गौरीशंकर निर्माण गर्ने सपना पुरा नहुने भएकोले निर्धक भएर आफुलाई मतदान गर्न आग्रह गरिन् । उहाँले आफु विकृती र विसंगतीको विरुद्ध लड्दै आएकोले पालिकाको हरेक गतिविधीहरु पारर्दशीता गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेकपा एमाले दोलखाका पार्टी इन्चार्ज पार्वत गुरुङ, पोलिटव्युरो सदस्य आनन्द पोखरेल, इश्वर बहादुर रिजाल, एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ लगायत नेताहरुले सम्वोधन गर्नुभएको थियो । गौरीशंकर गाउपालिकाको तत्कालिन उपाध्याक्ष श्यामसुन्दर तामाङको २०८० असार ३१ गते हृदयघातको कारण निधन भएपछि सो रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

त्यसैगरी, निर्वाचन आयोगको कार्यतालिका अनुसार मंसिर १६ गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरुको लागि आज गौरीशंकर गाउपालिका कार्यपालिकामा मनोनयनपत्र दर्ता हुदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज