प्रेस चौतारी नेपालले जागरण अभियान सफल पार्न बनायो योजना

काठमाडौं, मंसीर ३ । प्रेस चौतारी नेपालले अराजकता र अस्थिरताबिरुद्ध मंसीर ७ गते आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापुर्वक लाग्ने निर्णय गरेको छ ।

अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले मंसीर ७ को जागरण सभालाई ब्यापक जनसहभागिताका लागि बिशेष योजनासमेत बनाएको छ ।

एमालेले मुलुकमा बढदो अराजकता, अस्थिरताका बिरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सदभाव, सुशासन, समृद्धि र बिकाशका लागि बिधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उदेश्यका साथ जागरण सभा आयोजना गरेको छ । सो सभामार्फत मुलुक निर्माणका पक्षधर जनतालाई सही कुरा जानकारी गराउने लक्ष्य रहेको छ ।

सो सभा अराजकता फैलाउन चाहने देशी बिदेशी षडयन्त्रबिरुद्ध निर्णायक हुने भन्दै प्रेस चौतारीले मुलुकको हितमा आयोजित सभालाई सफल पार्न सवै शक्ति परिचालन गर्ने निर्णय गरको महासचिव हिरामान लामाले बताउनु भयो । बैठकले जागरण सभामा सहभागी हुन सवै उपत्यकावासीलाई अपिल गर्दै सक्रिय सहभागी हुन र तोकिएको जिम्मेवारी पूरा गर्न प्रेस चौतारीका पदाधिकारीदेखि केन्द्रीय समिति, आयोग, प्रदेश समिति, जिल्ला समिति र सदस्यहरुलाई निर्देशन दिएको छ । यसैगरी बहाना बनाएर जागरण सभामा सहभागी नहुने संगठनका सदस्यको रेकर्ड राखेर सवै सदस्यको बीचमा सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा एमाले नेता तथा इञ्चार्ज राजेन्द्र गौतमले जागरण सभाको महत्व देशभरका जनतामाझ स्थापित गराउन प्रेस चौतारीको निर्णयक भूमिकाको अपेक्षा गरिएको बताउनु भयो । सोही अनुसार काम गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।

बैठकमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले संगठन र पार्टीको काममा कँही कतै नभेटिने तर नेताको वरिपरि घुमेर संगठनको नेता बनिरहने प्रबृत्ति मौलाएको भन्दै अव कडाईका साथ प्रस्तुत हुने बताउनु भएको छ । महासचिव लामाले दिनुभएको जानकारीअनुसार अध्यक्ष बस्नेतले पार्टी र संगठनको काममा नभेटिनेहरुलाई अव संगठनबाट बिदा गर्ने योजनासमेत सुनाउँदै जागरणसभामा अनिवार्य उपस्थित हुन र गराउन निर्देशन दिनुभएको छ ।

यस्तै उहाँले निर्वाचन र आन्दोलनको बेला भाउ खोज्ने र बहानाबाजी गरेर आफ्नो स्वार्थपुर्तिमा लाग्नेहरु अव संगठनबाट बिदा हुनका लागि तयार रहनुपर्ने निश्कर्षसमेत सुनाउनु भएको थियो । बैठकमा केन्द्रीय कमिटीका सदस्यसहित बागमति प्रदेश, उपत्यका प्रदेश र प्रतिष्ठान प्रदेश र एशोसियट प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज