
राजिनामा दिए तर उमालाई सहयोग गर्छुः पूर्ववडाध्यक्ष डिल्लीध्वज बस्नेत
दोलखा । नेकपा एमालेबाट राजिनामा दिए पनि उपाध्यक्षको उम्मेदवार उमा शेर्पालाई सहयोग गर्ने पूर्ववडाध्यक्ष डिल्लीध्वज बस्नेतले प्रतिबद्धता जाहेर गर्नुभयो । गौरीशंकर गाउपालिका–५, सुरीको पूर्ववडाध्यक्ष समेत रहेका बस्नेतले पार्टी नभएर व्यक्तिको लागि सहयोग गरिने बताउनु भयो ।
बस्नेतले अन्य राजनीतिक दलको उम्मेदवारलाई नभई उमालाई नै सहयोग गर्ने बताउनुभयो । उनले उमालाई जित निश्चित हो, विजयीको अग्रिम शुभकामना समेत दिनुभयो । बस्नेतले एमाले पोलिटव्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला कमिटी सचिव स्वंयम बहादुर खड्का, जिल्ला सचिवालय सदस्य जंग गुरुङ, जिल्ला कमिटी सदस्य फुरलाक्पा शेर्पा लगायतका नेता तथा कार्यकर्ताहरुसँग भेटवार्ता गर्नुभयो ।
गौरीशंकर–५ को पूर्ववडाध्यक्ष बस्नेतले पार्टी भित्रको अन्तरद्धान्द्धको कारणले साधारण सदस्यसमेत नरहने गरी यसअघिनै एमालेबाट राजिनामा दिएको थियो । उहाँले पार्टीको कुनै जिम्मेव...