एमालेमा फर्किए मार्बुका परिचित नेता मिङमा, माओवादीमा धक्का

दोलखा । गौरीशंकर गाउँपालिका मार्बुका परिचित नेता मिङमा शेर्पा एमालेमै फर्किएका छन् । मंगलबार मार्बु वडाकमिटीद्धारा आयोजित चुनावी आमसभामा उम्मेदवारलाई जिताउने प्रतिबद्धतासहित शेर्पा एमालेमा फर्किएका हुन् ।

उनले गाउँपालिकाको उपनिर्वाचनमा एमाले उम्मेदवार उमा शेर्पालाई गाउँपालिका उपाध्यक्षमा जिताउन जरुरी रहेको भन्दै एमालेमा फर्किएको जानकारी दिए । उनका अनुसार आफु एमालेमा फर्किएपछि माओवादीमा ठुलो धक्का लाग्ने बताए । उनले एमालेमा फर्किएपछि भोलिदेखिनै उम्मेदवारलाई विजयी गराउन चुनाव प्रचारप्रसारमा लाग्ने बताए ।

गौरीशंकरको मार्बुमा नेता नामले परिचित मिङमा केहि समयअघिदेखि एमाले परित्याग गरी अन्यदलमा समाबेश भएको थियो । एमालेमा फर्किएका शेर्पालाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं जिल्ला इन्चार्ज पार्वत गुरुङ र पोलिटव्युरो सदस्य आन्नद प्रसाद पोखरेलले स्वागत गर्नु भएको थियो ।

मतदानको लागि मंसिर १६ नजिकिदै गर्दा उपनिर्वाचनमा भागलिने उम्मेदवारहरु प्रचारप्रसारका लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार सहित घरदैलो अभियानमा मतदाताहरु भेट्न र चुनावी प्रचारप्रसार अभियानमा व्यस्त रहेका छन् ।

जिल्लाको एक मात्र स्थानीय तह गौरीशंकरको उपनिर्वाचनका लागि सात राजनैतिक दलसहित १६ जना उम्मेदवारहरु मतदाताहरुको टोल वस्तीमा पुगि मत माग्न व्यस्त रहेको छ । गौरीशंकर राजनीतिक प्रतिष्ठाको केन्द्र भएको हुदाँ उपनिर्वाचनमा तिव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्लाकै उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिका स्रोत साधनले सम्पन्न भएकाले नेकपा एमालेको नेतृत्व विना विकास सम्भव नभएको भन्दै घरदैलो अभियान तथा विभिन्न कार्यक्रममा युवा तथा शुभेच्छुकहरु एमाले प्रवेश गरी रहेका छन् । चुनावी अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने युवाहरुलाई एमालेले स्वगत गरी रहेको छ ।

निर्वाचित जनप्रतिनिधीहरुको पछिल्लो कार्यशैलीका कारण अन्य दलसंग नागरिकहरु असन्तुष्ट बढदै गएको र नेकपा एमालेको नेतृत्व विना पालिकाको विकास संभव नभएको भन्दै एमालेप्रति युवाहरुको आकर्षण वढ्दै गएको निर्वाचन परिचालन समितीका संयोजक सोयम बहादुर खड्काले बताउनुभयो ।

त्यसैगरी, गौरीशंकर गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको उम्मेदवार बन्नुभएकी उमा शेर्पा अहिले आफ्नो चुनावी प्रचार अभियानमा व्यस्त हुनुहुन्छ । गौरीशंकरमा यहि मंसिर १६ गते उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुदैछ ।

भिडियो

 

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज