
एमालेमा फर्किए मार्बुका परिचित नेता मिङमा, माओवादीमा धक्का
दोलखा । गौरीशंकर गाउँपालिका मार्बुका परिचित नेता मिङमा शेर्पा एमालेमै फर्किएका छन् । मंगलबार मार्बु वडाकमिटीद्धारा आयोजित चुनावी आमसभामा उम्मेदवारलाई जिताउने प्रतिबद्धतासहित शेर्पा एमालेमा फर्किएका हुन् ।
उनले गाउँपालिकाको उपनिर्वाचनमा एमाले उम्मेदवार उमा शेर्पालाई गाउँपालिका उपाध्यक्षमा जिताउन जरुरी रहेको भन्दै एमालेमा फर्किएको जानकारी दिए । उनका अनुसार आफु एमालेमा फर्किएपछि माओवादीमा ठुलो धक्का लाग्ने बताए । उनले एमालेमा फर्किएपछि भोलिदेखिनै उम्मेदवारलाई विजयी गराउन चुनाव प्रचारप्रसारमा लाग्ने बताए ।
गौरीशंकरको मार्बुमा नेता नामले परिचित मिङमा केहि समयअघिदेखि एमाले परित्याग गरी अन्यदलमा समाबेश भएको थियो । एमालेमा फर्किएका शेर्पालाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं जिल्ला इन्चार्ज पार्वत गुरुङ र पोलिटव्युरो सदस्य आन्नद प्रसाद पोखरेलले स्वागत गर्नु भएको थियो ।
मतदानको लागि मंसि...