भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

काठमार्डौ । मंसिर १६ गते हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत र भ्रम सिर्जना गर्ने समाचार सम्प्रेषण गर्ने अनलाईनलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । दोलखाबाट सञ्चालन हुँदै आएको हेर्दाहेदै अनलाईन मिडियालाई नेकपा एमालेका उम्मेदवार उमा शेर्पाको विषयमा गतल अपुष्ट भ्रमात्मक समाचार सिर्जना गरेको भन्दै कारवाही गरेको हो ।

उक्त अनलाईने बिहीबार एमालेका उम्मेदवार उमा शेर्पाको विषयमा माथिल्लो तामाकोशी कवाडीको विषय जोडेर गतल समाचार सम्प्रेसन गरेको थियो । उपनिर्वाचनलाई लक्षित गरी गतल र अपुष्ट समाचार संप्रेसन गरी गलत अफवाह फैलाएको र निर्वाचन मौन अवधीमा समेत सन्तुलन रहित एक पक्षिय समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विज्ञप्ती जारी गरेको थियो ।

प्रेस काउन्सिल नेपालले स्थानीय तह उपनिर्वाचनको समयमा उक्त अनलाईनले प्रकासन गरेको गलत समाचार पत्रकार आचार संहित २०७३ (पहिलो संसोधन २०७६) को ४(६) र निर्वाचन आचार संहिता २०७९ को दफा २५ को ख वमोजिम प्रतिकुल देखिएको भन्दै कारवाही गरेको हो ।

गृह मन्त्रालयले समेत आज एक विज्ञाप्ती जारी गर्दैै सामाजिक सन्जाल लगाएतका माध्यमको प्रयोग गरी कानुनले निशेष गरेका कुराहरु देषपुर्ण एवं भ्रमात्मक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सदभाव र मर्यदामा आँच पुराउनुका साथै शान्ति सु–व्यवस्थामा खलल पुराउने जनाएको छ ।

सो अनलाइनले प्रकाशित गरेको भ्रमपूर्ण समाचारप्रति खेद ब्यक्त गर्दै नेकपा एमाले गौरीशंकर गाउपालिका कमिटी र उम्मेदवारले काउन्सिलमा कार्बाहीका लागि उजुरी दर्ता गराएका थिए । बिहीबार रातिदेखि नै मौन अवधि सुरु भएतापनि मतदान गर्ने दिन नजिकिदै गर्दा अनलाइन तथा सामाजिक सञ्जालमा तथ्यहीन र भ्रमपूर्ण समाचारले राजनीतिक प्रतिशोध गरेको प्रमाणित भएको छ ।

प्रेस विज्ञप्ति

 

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज