
भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही
काठमार्डौ । मंसिर १६ गते हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत र भ्रम सिर्जना गर्ने समाचार सम्प्रेषण गर्ने अनलाईनलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । दोलखाबाट सञ्चालन हुँदै आएको हेर्दाहेदै अनलाईन मिडियालाई नेकपा एमालेका उम्मेदवार उमा शेर्पाको विषयमा गतल अपुष्ट भ्रमात्मक समाचार सिर्जना गरेको भन्दै कारवाही गरेको हो ।
उक्त अनलाईने बिहीबार एमालेका उम्मेदवार उमा शेर्पाको विषयमा माथिल्लो तामाकोशी कवाडीको विषय जोडेर गतल समाचार सम्प्रेसन गरेको थियो । उपनिर्वाचनलाई लक्षित गरी गतल र अपुष्ट समाचार संप्रेसन गरी गलत अफवाह फैलाएको र निर्वाचन मौन अवधीमा समेत सन्तुलन रहित एक पक्षिय समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विज्ञप्ती जारी गरेको थियो ।
प्रेस काउन्सिल नेपालले स्थानीय तह उपनिर्वाचनको समयमा उक्त अनलाईनले प्रकासन गरेको गलत समाचार पत्रकार आचार संहित २०७३ (पहिलो ...