९ औं वृहत पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव धनगढीमा सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पढ्ने वानीको विकास हुनु जरुरी रहेको बताएका छन् ।

मंगलबार देखि धनगढीमा सुरु भएको ९औं वृहत पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव उद्घाटनका क्रममा मुख्यमन्त्री शाहले नैतिकवान र सभ्य नागरिकको परिचय स्थापित गर्न सवैले पढ्ने वानीको विकास हुनु जरुरी रहेको बताएका हुन् ।

उनले पुस्तक पढेरनै आधुनिक समाज निर्माण हुन सकेको र पढाईले नै मानिसलाई सभ्य र नैतिकवान बनाउने गरेको पनि बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले प्रबिधिका कारण पाठ्यपुस्तक अध्ययन गर्ने क्रम घट्न थालेको बताए । प्रबिधिको विकास संगै मानिसको पढ्ने शैलि परिवर्तन हुनु स्वभाविक भएको उनको भनाई छ । तर पुस्तकको महत्व भने दशकौ सम्म पनि कायमै रहने उनको भनाई छ ।

शिक्षाविद डा. हेमराज पन्तले पुस्तका कारण आधुनिक समाज निमार्ण भएको बताए । विश्वमा हाल सम्म गरिएका खोज र अनुसन्धान पुस्तक अध्ययन गरेर मात्रै सम्भव भएको उनको भनाई छ । उनले विद्यार्थीलाई अध्ययन गर्ने वानीको विकास गर्न पनि आग्रह गरेका छन् ।

नेपाल पुस्तक तथा स्टेसनरी महाँसंघका केन्द्रिय अध्यक्ष शिवसागर शर्माले पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदर्शनी महोत्सव सञ्चालन गरिएको बताए ।

व्यवसाय संगै समामाजिक क्षेत्रमा पनि पुस्तक व्यवसयाी जिम्मेवार भएर काम गर्दै आएका उहाँको भनाई छ । उनका अनुसार महाँसंघमा देशभरका ३० हजार पुस्तक व्यवसयी आबद्ध छन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालको अध्यक्षतामा महोत्सव उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन अघि संघले धनगढी बजारमा ¥याली आयोजना गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज