दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसु स गरिएको छ। मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यहाँ घरहरुमा क्षति पुगेको थियो।