के भन्छन् दक्षिण कोरियामा विमान दुघर्टनामा बाँचेका दुई जना ?

आइतबार बिहान दक्षिण कोरियामा १७९ जनाको ज्यान जाने गरी विमान दुर्घटना भयो ।

सोल । आइतबार बिहान दक्षिण कोरियामा १७९ जनाको ज्यान जाने गरी विमान दुर्घटना भयो । यो घटनाले सारा विश्व स्तब्ध भएको छ ।

मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रुवाहक विमान दुर्घटना हुँदा सिंगो दक्षिण कोरिया गहिरो शोकमा छ । अवतरणको क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर विमानस्थलको पक्की पर्खालमा ठोक्कियो र आगो लाग्यो । उक्त दुर्घटनामा विमानमा सवार १८१ यात्रुमध्ये दुई जना जीवित बाँचेका थिए । ती दुवै यात्रुको अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाले लगातार एउटै प्रश्न सोधिरहेका छन्: ‘के भयो, म यहाँ किन ? तर यसको जवाफ कसैसँग पनि छैन ।

जेजु एयरको उडान ७सी२२१६ १७५ यात्रु र ६ जना चालक दलका सदस्य लिएर बैंककबाट आउँदै थियो । बिहान ९ बजेतिर विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्कियो । चरा ठोक्किएर विमानको गियरमा समस्या आएको र धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको पनि भनिएको छ । मुआन फायर चीफ ली जुङ–ह्युनका अनुसार जलिरहेको विमानको पछाडिको हिस्साबाट एक महिला र एक पुरुष गरी दुईजना फ्लाइट अटेन्डेन्टलाई बचाइएको छ । दुवैको अवस्था चिन्ताजनक रहेको स्थानीय जनस्वास्थ्य केन्द्रका प्रमुखले बताएका छन् ।

होसमा आउनेबित्तिकै दुवै जनाले एउटै प्रश्न सोधेका थिए । द कोरिया टाइम्सका अनुसार बाँचेका एक जनालाई होस आएपछि उनले डाक्टरहरूलाई सोधे, ‘के भयो ?’ भनेर सोधेका थिए । ३२ वर्षका ली नाम गरेका चालक दलका सदस्यले आफू यहाँ अस्पतालमा किन आइपुगे अनि के भएको थियो भन्ने बुझ्न सकेका छैनन् । उनको एउटै प्रश्न छ ‘म अस्पतालमा किन आइपुगे ?’

होस आएपछि लीलाई विमान अवतरण गर्नुअघि आफ्नो सिट बेल्ट बाँधेको मात्रै स्मरण छ । अवतरणका क्रममा दुघर्टना भएपछिका घटनाहरू उनलाई फिटिक्कै याद नभएको उनले बताएका छन् । उनलाई ठुलो झट्का लागेको अस्पतालका अर्का अधिकारीले बताएका छन् ।

बाँचेका दोस्रो व्यक्ति २५ वर्षीय क्वोन हुन् । उनलाई पनि दुर्घटनाको कुनै सम्झना छैन । आफ्नो टाउको, घुँडा र पेट दुखेको उनले चिकित्सकलाई बताएकी छिन् । अस्पतालका कर्मचारीका अनुसार लीको टाउकोमा चोट लागेको छ र खुट्टा भाँचिएको छ । उनको पेटमा लागेको चोटको परीक्षण भइरहेको छ । घाइते दुवै जनाको ज्यान जोखिममा नरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज