Day: २०८१ पुष १५, सोमबार

घाँस काट्ने क्रममा भिरबाट लडेर डोटीमा महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर डोटीमा महिलाको मृत्यु

Breaking News 2, समाचार, सुदूरपश्चिम
डोटी। डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। ३९ वर्षीया भूमिसरा खड्काको सोमबार बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। खड्का बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। सन्तुलन गुमाउँदा उनी तल खोलामा खसेको स्थानीय उमेश साउँदले बताएका छन्। मृतकका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्।...
१३ वर्षीया बालिकालाई झुक्याएर विवाह गरेपछि…

१३ वर्षीया बालिकालाई झुक्याएर विवाह गरेपछि…

कोशी प्रदेश, समाचार
खोटाङ । जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला) सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाकी आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो । यही पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस१२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसूर अन्तर्गतको मुद्दा चलाइएको छ । बालविवाहसम्बन्धी घटना भएको जानकारी पाएपछि फरक(फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अभियुक्त उनीहरु दुवैजनालाई जिल्ला अदालत...
पारिवारिक रिसइबीका‍ कारण भएको थियो मूलपानीमा गोली प्रहार

पारिवारिक रिसइबीका‍ कारण भएको थियो मूलपानीमा गोली प्रहार

समाचार
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानीमा भएको गोली प्रहार घटनामा पारिवारिक रिसइबी नै मुख्य कारण रहेको खुलेको छ । शनिबार राति १० बजेतिर खोटाङका साहिर शंकरले मूलपानीका अर्जुन श्रेष्ठको घरमा गोली चलाएका थिए । गोली प्रहारबाट अर्जुन र उनकी श्रीमती घाइते भएका छन् । स्थानीयले प्रतिकार गर्दा साहिरसमेत घाइते भएका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौं प्रहरीको एसपी नवराज अधिकारीले जानकारी दिए । अर्जुन श्रेष्ठका परिवारले भने ती युवक चोरी गर्ने उद्देश्यले घरमा आएको भन्दै हल्ला गरेपछि स्थानीयले कुटपिट गरेका थिए । तीनजना नै घाइते भएका कारण थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।...
धनगढीमा आजदेखि भुवा पर्व, के छ महत्त्व ?

धनगढीमा आजदेखि भुवा पर्व, के छ महत्त्व ?

Breaking News 1, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिममा आजदेखि भुवा पर्व सुरु भएको छ । ऐतिहासिक महत्त्व रहेको भुवा पर्व प्रदेशको पहाडी जिल्लामा सुरु भएको हो । उक्त पर्व कैलालीको धनगढीमा पनि तीन दिनसम्म मनाइने भएको छ । धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउन लागेको हो । भूवा पर्व धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा मनाइने समाजका अध्यक्ष बजिरसिंह धामीले बताए । उनका अनुसार भुवा पर्वमा प्रदर्शनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिने बताइएको छ । भुवाको ऐतिहासिकता हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ । बाजुरेली सेवा समाजका अध्यक्ष धामीका अनुसार भुवा प्राचीन संस्कृति हो । यो प्राचीनकालीन युद्धको भाका पनि हो । जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जस...
भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको शानदार जित

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको शानदार जित

खेलकुद, समाचार
काठमाडौं । भारतसँगको चौथो टेस्टमा अस्ट्रेलियाले शानदार जित हासिल गरेको छ । चौथो टेस्टमा भारतलाई हराउँदै अस्ट्रेलियाले टेस्ट च्याम्पियनसीपको फाइनलमा स्थान बनाउने सम्भावना थप बलियो बनाएको छ । अस्ट्रेलियाले दिएको ३४० रनको लक्ष्य पछ्याएको भारत अन्तिम दिनको अन्तिम सेसनमा १५५ रनमा अलआउट भयो । ओपनर यशश्वी जैसवाल क्रिजमा टिक्दै सर्वाधिक ८२ रन बनाएपनि पर्याप्त हुन सकेन । रिषभ पन्तले ३० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोलान्डले ३-३ विकेट लिए भने नेथन लायनले २ तथा मिचेल स्टार्क र ट्राभिस हेडले १-१ विकेट हात पारे । अन्तिम दिनको पहिलो सेसनबाटै लक्ष्य पछ्याउन थालेको भारतले सबै विकेट गुमाएको हो । त्यसअघि पहिलो सेसनमा अस्ट्रेलियाले ४७४ रन बनाएर अलआउट भएको थियो भने जवाफमा भारतले नितिश कुमार रेड्डीको शतक मद्दतमा ३६९ रन बनाएको थियो । त्यसपछि अ...
के भन्छन् दक्षिण कोरियामा  विमान दुघर्टनामा बाँचेका दुई जना ?

के भन्छन् दक्षिण कोरियामा विमान दुघर्टनामा बाँचेका दुई जना ?

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
सोल । आइतबार बिहान दक्षिण कोरियामा १७९ जनाको ज्यान जाने गरी विमान दुर्घटना भयो । यो घटनाले सारा विश्व स्तब्ध भएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रुवाहक विमान दुर्घटना हुँदा सिंगो दक्षिण कोरिया गहिरो शोकमा छ । अवतरणको क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर विमानस्थलको पक्की पर्खालमा ठोक्कियो र आगो लाग्यो । उक्त दुर्घटनामा विमानमा सवार १८१ यात्रुमध्ये दुई जना जीवित बाँचेका थिए । ती दुवै यात्रुको अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाले लगातार एउटै प्रश्न सोधिरहेका छन्: ‘के भयो, म यहाँ किन ? तर यसको जवाफ कसैसँग पनि छैन । जेजु एयरको उडान ७सी२२१६ १७५ यात्रु र ६ जना चालक दलका सदस्य लिएर बैंककबाट आउँदै थियो । बिहान ९ बजेतिर विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्कियो । चरा ठोक्किएर विमानको गियरमा समस्या आएको र धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको पनि भनिएको छ । मुआन ...
सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

Breaking News 1, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । यो सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो । आज गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेष गरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने चलन रही आएको छ । कन्दमूल खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ । आज तरुल खानै पर्ने मान्यताअनुरूप सहरी क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्छ भने ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको र जङ्गलमा पाइने तरुल उसिनेर खान्छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज