कैलालीमा लागूऔषधसहित ९ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ९ जनालाई पक्राउ गरिएको छ ।

धनगढी । कैलालीमा लागूऔषधसहित ९ जनालाई पक्राउ गरिएको छ । शुक्रबार धनगढीसहित जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका क्षेत्रबाट मात्र लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिकैबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ बस्ने ३४ वर्षीय मोहन रानालाई ६ ग्राम १८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।

रानाले चलाएको से४प६८५९ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्दा हेण्डलभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध बरामद गरिएको हो ।

धनगढी उपमहानगरपालिका-२ कै त्रिनगर भन्सार चोकमा सुपप्र०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई शंका लागेर चेकजाँच गर्ने क्रममा चालक धनगढी-१३ बस्ने २९ वर्षीय बाहाली राना र पछाडी सवार धनगढी-६ बस्ने ३१ वर्षीय दिपक रानालाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट पाँच सय मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका–१० को घुइयाघाटबाट २५ वर्षीय प्राभुपन रानालाई पक्राउ गरिएको छ । उनले चलाएको सु.प.प्र.०१-००९ प ५६२४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा अगाडीको भागमा लुकाइछिपाइ राखेको अवस्थामा ८४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका-१३ झोलुङ्गेपुल नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ बस्ने २४ वर्षीय प्रदिप राना र ३० वर्षीय अनिल रानालाई पनि लागूऔषधसहित पक्राउ गरिएको छ । उनीहरुको साथबाट ८९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

टीकापुर नगरपालिका-२ आखाँ अस्पताल नजिकैबाट सोही ठाउँ बस्ने २३ वर्षीय विक्रम बुढा र १९ वर्षीय मिलन टमटालाई पनि ८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका-३ केदार टोलबाट बैतडीको पाटन नगरपालिका-८ घर भएर केदार टोलमा नास्ता पसल सञ्चालन गरी बसेका ४० वर्षीय रोशन महराको नास्ता पसलबाट लागूऔषध चरेस बरामद गरिएको छ । महराको पसलबाट ६९ ग्राम ३४० मिलिग्राम लागूऔषध चरेससहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनको पसलबाट १० लिटर अवैध घरेलु मदिरा समेत बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज