
राजकुमार बगरको ‘शिरफुले माया’ सार्वजनिक
धनगढी । सांगितिक क्षेत्रमा आफ्नाे छुट्टै परिचय स्थापित बनाउन सफल बरिष्ठ गितकार एवं संगितकार राजकुमार बगरको शिर फुले माया बोलको गित सार्वजनिक भएको छ।
युवराज चौलागाई र अनुष्का पाठककाे स्वर रहेकाे गितमा राजकुमार बगर।आफैले संगित र शब्द लेखन गरेका छन् ।
संगित संयोजन कमल सौरागले गरेका छन् ।
साे गीति एल्बम युवराज चौलागाईकाे मनको युटुब च्यानलबाट सार्वजनिक गरिएकोछ।
सान थापा द्वारा निर्देशित गीतको भिडियोमा युवराजसहित प्रभात पल ठकुरी, विजय पुन, सुशिल थापा, अञ्जली अधिकारी र अनुष्काले अभिनय गरेका छन् । राजीव समरको नृत्य निर्देशन छ ।
गण्डकी प्रदेशमा प्रसिद्ध शीरफूले भाकामा बुनिएको यो गीत ग्रामिण परिवेशको लय बनाएको बगर बताउँछन्।
गितको शब्द लेखनबारे बगर भन्छन् मेरो कर्म धर्मनै गित संगितहो धौलागिरी अञ्चलतिर गाइने शिरफूले मायालाइ आधार बनाएर कोसिस गरेको हो।
...