धनगढी । सडक सञ्जाल संग नजाेडिएका स्थानीय पालिका सम्म सडक पुर्याउने, सडककाे स्तरउन्नति गर्दै ग्रामिण क्षेत्रमा सडक सञ्जालकाे विकास गर्ने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले सडक सञ्जाल गुरूयाेजना तयार गरेकाे छ ।
आर्थिक बर्ष २०७७/०७८ देखि निर्माण थालिएको गुरुयोजना निर्माण कार्यलाई अन्तिम रुप दिने तयारी भइरहेको यातायात पूर्वाधार निर्देशनालय डोटीले जनाएको छ । प्रदेश यातायात पूर्वाधार निर्देशन जगत प्रसाद जोशीका अनुसार १ सय ६६ सडकलाई लोकमार्ग, सहायक लोकमार्ग र विशेष प्रकृतिका सडककारुपमा पहिचान गरी गुरुयोजनामा समावेस गरिएको छन् ।
जाेशीका अनुसार सडकको लम्बाई करिव ५ हजवार किलो मिटर रहेको छ । तर गुरु यनेजना पारित हुदा केही तलमाथि हुन सक्ने उनी बताउछन् । ´माेटामाेटि खाका लगभग तयार भएकाे छ, जाेशीले भने, ´मन्त्री परिषद बैठकबाट स्वीकृत हुन अघि सांसद ज्युले अध्ययन गरिरहनु भएका कारण गुरु याेजनाका मस्याैदा थाेरै तलमाथि हुन सक्छ, तर धेरै परिवर्तन हुने अवस्था भने छैन ।,`
प्रदेश सभा सदस्यका केही सुझाव भए ती सुझावलाई पनि समेट्दै गुरु योजनालाई छिट्टै अन्तिम रुप दिने तयारी भइरहेको निर्देशक जाेशीले जानकारी दिएका छन् ।
उहाँ बताउनु हुन्छ ।
प्रदेश सरकारले सडक पूर्वाधारमा गर्ने लगानीको प्रतिफल देखाउन, सडकमा आफ्नो अधिकार स्थापित गर्न, बजेटको सही सुदुपयोग गर्दै प्रभावकारी कार्यान्वयन गर्न, दोहोरो लगानी हुन नदिन तथा विकास साझेदारलाई लगानीका लागि सहजता प्रदान गर्न गरुयोजना निर्माण आवश्यक भएकाे उनले बताए ।
संघिय सरकाराले आफ्ना सडक छुट्याइ सकेको र स्थानीय सरकारले पनि आफ्नो क्षेत्राधिकारको सडक छुट्याउन थालेपछि प्रदेश सरकारले पनि आफ्नो निश्चित क्षेत्र छनौट गरी सोही अनुसार लगानी गर्ने पनि गुरु योजना निर्माण गरेको निर्देशक जोशी भनाई छ । त्यसका साथै विभिन्न दाता निकायले लगानी गर्न खोज्दा पनि सहज हुने जोशीको भनाई छ ।
प्रदेश सरकारले तीन बर्ष सम्म सवै पालिकाको अध्ययन तथा छलफल गरेर सडक सञ्जाल गुरुयोजना निर्माण गरेको हो । सो योजना अनुसार पहिलो चरणमा सडक नपुगेका पालिका सम्म सडक विस्तार गर्ने, प्रादेशिक लोकमार्गलाई मुख्य सडक सञ्जाल सम्म जोड्ने गुरुयोजनाको लक्ष्य रहेको छ ।
गुरु योजनामा परेका सडक निर्माणका लागि १० देखि १५ बर्ष समय लाग्नुका साथै कम्तिमा डेढ खबर बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।“