
डोटीको जंगलमा एक महिलाको शव सडेको अवस्थामा फेला
धनगढी । डोटीको जङ्गलमा एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ । केआईसिंह गाउँपालिका-६ लामाडाडास्थित जङ्गलमा महिलाको शव फेला परेको हो । प्रहरीका अनुसार ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा दुई ढुङ्गाको बिचमा सडेको अवस्थामा फेला परेको र महिलाको परिचय भने नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए ।
उनले शव कङ्कालको रूपमा भेटिएको र कपडा, कपाल, चुँडी लगायतका पहिरनले महिलाको भएको पहिचान गरिएको बताए । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
...