शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन् ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको जिकिर गरेका छन् ।

बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘अहिले टुंग्याउन कठिन भएको राजनीतिले नै हो । राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन ।’

अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन अवस्था नरहेको प्रचण्डको भनाइ थियो ।

‘पीडितहरूले पटक पटक यो विषयलाई उठाइराख्नू, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नू । किनकी अन्तिममा चाहीँ त सडक नै हुने हो की जस्तो मलाई,’ प्रचण्डले भने, ‘अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो । त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन । त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ ।’

तर कानुनी भन्दा पनि राजनीतिक विषयका कारण शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगिन बाँकी रहेको भन्दै उनले माओवादीलाई तह लगाउने अन्तिम अस्त्र यही बाँकी भएकाले नटुंग्याउन जोड दिइएको बताए ।

‘एउटा प्रवृत्ति यो विजनेस किन टुंग्याउनु भन्ने छ । अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुंग्याउनु र ? माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौँला भन्ने छ,’ अध्यक्ष प्रचण्डले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज