भारतमा सवारी दुर्घटनामा एक वर्षमा एक लाख ८० हजारको मृत्यु
नयाँ दिल्ली । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ ।
भारतका सडक यातायात तथा राजमार्गमन्त्री नीतिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको जानकारी बुधबार दिए ।
उनका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् । मृत्यु हुनेमा करिब १० हजार विद्यालयमा अध्ययनरत छात्रछात्रा रहेको उल्लेख गर्दै उनले विद्यालय तथा अन्य शैक्षिक संस्थाअगाडि यातायातको उचित व्यवस्था नहुँदा मृत्यु भएको बताए ।
गडकरीले मानव जीवन बचाउनका लागि सडक दुर्घटनाका पीडितहरूको नगदरहित उपचारको नयाँ योजना सुरु गरिएको पनि बताए । उनले भने, “सडक दुर्घटनामा परी घाइते भएकाहरूको नगदरहित उपचारका लागि हामीले नयाँ योजना सुरु गरेका छौं ।”
दुर्घटनालगत्तै २४ घन्टाभित्र प्रहरीमा सूचना ...