पानी माग्दै हर्क साम्पाङको ‘सिंहदरबार यात्रा’

सिंहदरबारसँग जुधिरहने धरान उपमहानगरका मेयर हर्क साम्पाङ यतिखेर पानी माग्दै सिंहदरबारमा छन् ।

काठमाडौं । सिंहदरबारसँग जुधिरहने धरान उपमहानगरका मेयर हर्क साम्पाङ यतिखेर पानी माग्दै सिंहदरबारमा छन् । मंगलबार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबारको ढोकामा पुगे ।

प्रहरीले रित्तो गाग्री सिंहदरबार छिराउन नदिए पनि काकाकुल धरानको प्यास मेटिने आस बोकेर उनी सिंहदरबार छिरे । उनको माग छ, “कोसीको पानी तानेर धरानसम्म पुर्‍याउनुपर्ने ।”

कोसीको पानी तानेर धरानसम्म पुर्‍याउनुपर्ने माग बोकेर साम्पाङले सिंहदरबारका कोठा–चोटा चाहरे । सिंहदरबारमा उनले सबैभन्दा पहिले खानेपानीमन्त्री प्रदीप यादवलाई भेटे । मन्त्रालयको ढोकाअगाडि ‘नो पाकिङ’ लेखिएको फुटपाथमा गाडी रोखेर साम्पाङ मन्त्रालय छिरे ।

त्यसपछि उनी अर्थमन्त्री विष्णु पौडेललाई भेट्न अर्थ मन्त्रालय छिरे । त्यहाँबाट उनी प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालयमा लागे । दुई घण्टा पर्खिदा पनि प्रधामन्त्रीले साम्पाङलाई भेट दिएनन् ।

प्रधानमन्त्रीलाई नभेटिकनै बाहिर आएपछि साम्पाङले भने, “प्रधानमन्त्रीले भेट्न मान्नु भएन । रित्तो गाग्री बोकेर आएको भनेर उहाँ रिसाउनु भयो होला ।”

धरानलाई पानी खुवाउने वाचा गरेरै साम्पाङ मेयर निर्वाचित भएका हुन् । ८ जेठ २०७९ मा मेयर निर्वाचित भएलगत्तै साम्पाङले धरान आसपासका खोलाबाट धरानसम्म पानी ल्याउने अभियान चलाए ।

कोकाहा, सर्दु, खर्दु, निशाने र भालुखोलाबाट साम्पाङले धरान बजारसम्म पानी ल्याए । यो पानी ल्याउन उनले ‘श्रमदान’ अभियान चलाए । सक्नेले श्रमदान गरे नसक्नेले चन्दा दान गरे ।

उपमहानगरको नेतृत्वकर्ताले नै सरकारी प्रक्रियामा नगईकन व्यक्तिगत तबरमा खोलाखोल्सीबाट पानी ल्याएपछि उनको आलोचना पनि भयो । आलोचना गर्नेहरूलाई उनी भन्ने गर्छन्, “पानी चाहिएको की कागज ?”

मेयर निर्वाचित भएको तीन महिनापछि भदौ ०७९ मा साम्पाङको श्रमदान अभियानले धरानमा पानी आइपुग्यो । आसपासका खोला–खोल्सीबाट धरानसम्म पानी आइपुगे पनि त्यो दिगो भने थिएन । बर्खामा मात्र पानी हुने ती खोलाहरूमा हिउँद र चैत–वैशाखमा पानी हुँदैन ।

कोकाहा, सर्दु, खर्दु र निशाने खोलाको पानी धरानमा ल्याई पुर्‍याएपछि उनले यसबाट धरानले भोगिरहेको पानीको समस्या दीर्घकालका लागि समाधान नहुने बताएका थिए । उनले भनेका थिए, “अहिले हामीले गरेको प्रयास अल्पकालीन समाधान हो । धरानको पानीको समस्या दीर्घकालीन गर्न भने कोसीकै भर छ । कोसीकै पानी ल्याउनुपर्छ ।”

राणा प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९५९ मा धरान सहरको जग हालेका थिए । महाभारत पर्वत श्रृखंलाको फेदमा रहेको धरान विस्तारै पूर्वी पहाडको व्यापारिक केन्द्र बन्यो । जनसंख्या बढ्दै गएपछि धरानमा पानीको अभाव हुन थाल्यो ।

धरानको पानीको माग पूरा गर्न भनेर १९७३ मा तुर्के खोलाको पानी ल्याइयो । तर, आजभोलि त्यहाँ पानी छैन । तुर्के खोलाको पानी सुकेपछि २०३६ देखि सर्दु खोलाको पानी धरानमा ल्याइयो ।

सर्दु खोलाको पानी पनि अपुग हुन थालेपछि २०६९ वैशाखमा एसियाली विकास बैंक (एडीबी)को ऋण तथा अनुदान सहयोगमा खानेपानी योजना सुरु भयो । यही आयोजनामा भ्रष्टाचार भएको भन्दै हर्क साम्पाङ अभियन्ता बने ।

एडीबीको खानेपानी आयोजनाको विरोध गर्दै अभियन्ता भएका हर्क साम्पाङ अन्तत धरानको मेयर बन्न पुगे । मेयर बनेर श्रमदान अभियानबाट धरानमा थोरबहुत पानी ल्याएपछि उनलाई लाग्यो यसले दिगो समाधान दिँदैन ।

त्यसपछि चैत २०७९ मा साम्पाङ काठमाडौं आइपुगे । सिंहदरबार छिरेर उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहरी विकासमन्त्री सीता गुरुङलाई भेटेर कोसीको पानी ल्याउने योजना बजेटमा राख्न अनुरोध गरे । त्यतिखेर उनले सिंहदरबारलाई घुक्र्याउँदै भनेका थिए, “खानेपानी मन्त्रालयले धरानको योजनालाई बजेट दिएन भने म आफैँ धर्ना बस्न आउँछु । खानेपानी नाथे पनि सरकारले दिन सक्दैन भने किन सरकार गठन गरिराख्नु नि ।”

कोसीको पानी ल्याउने योजनालाई बजेट नदिए सुनसरीका सांसदलाई धरान छिर्न नदिने भन्दै धम्क्याएका थिए साम्पाङले ।

स्थानीय तहका पदाधिकारीहरू सिंहदरबार आउजाउ गरिरहन्छन् । उनीहरू आए–गएको पत्तो हुँदैन । तर, साम्पाङ सिंहदरबार छिर्दा भने ठूलो संख्यामा प्रहरी खटाइए । सिंहदरबारमा जहाँ, जहाँ पुगे प्रहरीले उनलाई घेरिरह्यो । यसो गरेर प्रहरीले उनलाई सुरक्षा दिएको होइन, सिंहदरबारको सुरक्षा गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

फुलखेतीमा देश आत्मनिर्भर बन्दै, ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा धेरै लगानी

काठमाण्डौ । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको ...
दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित

धनगढी । नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ।   युएईको शारजाहमा शनिबा...
टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

टोपबहादुर रायमाझी र ‘गोरे’ कारागार फर्किए

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र ३३ किलो सुनकाण्डका मुख्य आरोपी ‘गोरे’ भनिने चूडामणि उप्रेती...
राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

राजनीतिक नियुक्ती सबै खारेजी र राजदूतहरु पनि फिर्ता बोलाउनुपर्ने सुदन गुरुङको अडान

काठमाडौं, २८ भदौ । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले ने...
सकियो डोलाजात्रा

सकियो डोलाजात्रा

धनगढी । डोला जात्रा मनाउँदै श्रीकृष्ण जन्माष्टमी सकिएको छ । आइतबार श्रीकृष्ण वर्तमो विधिवत् समापनका लागि मुर्ति विसर्जन गरिएको श्र...
मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

मो:मोमा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरि...
बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

बेनी–जोमसोम सडकमा राति गाडी चलाउन रोक

म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । ज...
यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । वर्षासँगै देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज